www.tandavnews.com
Fact ~ In search of truth

किन झ्यापझ्याप विद्युत गइरहन्छ पोखरामा ?

रमेश गौतम
पोखरा, ताण्डव न्यूज ।

नेपालीले लोडसेडिङको रुटिन नपढेको झण्डै पाँच वर्ष बढि भयो । ऊ बेला जस्तो अहिले जनताले कति बेला विद्युत जान्छ र आउँछ भनेर झन्झट् झेल्नुपरेको छैन ।

तर पछिल्ला केहि महिनायता पोखरामा ‘लोडसेडिङ युग’कै झल्को दिने गरि विद्युत आउने जाने गरिरहेको छ । दैनिक ४ देखि ५ पटकसम्म आधा घण्टादेखि १ घण्टासम्म विद्युत कटौती भइरहेको छ ।

Batas

आवश्यक परेका बेला विद्युत प्राधिकरणले सुचना जारि पनि गर्ने गरेको छ । तर बिना जानकारी दिनमै ५ पटकसम्म विद्युत कटौति हुँदा विद्युतिय सामाग्रीहरु बिग्रने गरेको पोखरा–८का राजकुमार श्रेष्ठले बताए । ‘यसरी झ्याप्प झ्याप्प लाइन जाँदा मेरो छोराको कम्प्युटर नै बिग्रीयो । आजकल यो लाइन आउने जाने धेरै भइरहेको छ’उनेले भने ।

आखिर किन यसरी झ्यापझ्याप विद्युत गइरहेको छ त ?

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पोखराका सुचना अधिकारी प्रदिप कुमार भुवाजीका अनुसार विद्युतीय समाग्री पुरानो भएको हुँदा विद्युत प्रसारणमा समस्या भएको हो । भुवाजी भन्छन् ‘पोखराका अधिकांश ठाउँमा ट्रान्सर्फमर पड्किने समस्या छ । पुराना तारहरुले लोड धान्न नसक्दा बेलाबेला लाइन जाने समस्या भएको हो ।’

प्राधिकरणले दैनिक दुई देखि चार वटासम्म ट्रान्सर्फमर फेर्दै आएको भएपनि पोखराको लेकसाइडमा ट्रन्सफर्मर फेर्ने ठाउँ नपाएको भुवाजीले बताए । ‘पुराना ट्रन्सफर्मर फेर्ने काम भइरहेको छ । लेकसाइडको केहि ठाउँमा नयाँ ट्रन्सफर्मर फेर्नु पर्ने छ । ट्रन्सफर्मर राख्ने ठाउँ नपाउँदा विद्युत प्रसारणमा थप समस्या भएको छ,’उनल भने,‘पुराना तारहरु फेर्ने र नयाँ ट्रान्सर्फमर राख्ने काम भइरहेको छ । तत्कालको समस्या कहिलेसम्म समाधान हुन्छ । यसै भन्न सकिने अवस्था छैन ।’

विद्युतको लोड अत्यधिक भएको हुँदा लोड धान्नै गाह्रो भएको उनको भनाई छ । ‘चिसो समयमा सबैले हिटर लगाएतका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले लोड धान्न गाह्रो भएको छ । यो लोडसेडिङ होइन’ उनले सुनाए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.