www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु कास्कीको कापी कलम अभियान धर्मस्थलीमा

पोखरा
ताण्डव न्यूज ।

हरेक वर्ष जस्तै यस वर्ष पनि अनेरास्ववियु कास्कीले भर्ना अभियान तथा कापी कलम वितरण कार्यक्रम धर्मस्थली आधारभूत विद्यालयमा सम्पन्न गरेको छ ।

अनेरास्ववियु कास्कीको तेस्रो भर्ना अभियान अन्तर्गत यस वर्षको अभियान धर्मस्थली विद्यालयमा गरिएको कार्यक्रमका संयोजक लक्ष्मण तिमिल्सिनाले जनाए ।

Batas

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ४ का सांसद राजिव पहारीले अनेरास्ववियुको भर्ना तथा कापी कलम वितरण अभियानले सबैको लागि शिक्षा अभिप्राय पूरा गर्न लागि परेको औल्याए ।

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि विवेक देवकोटाले सामुदायिक विद्यालयको सुधारको लागि विद्यार्थीको पहल विद्यार्थीसम्म उद्देश्यले सञ्चालित अभियान सामाजिक जागरणमा अगाडि रहेको बताउँदै सम्बद्ध सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

अभियानका संयोजक एवं कार्यक्रमका अध्यक्ष लक्ष्मण तिमिल्सिनाले अभियान सामाजिक सञ्जालमा छाउन मात्र नभै वास्तविक विद्यार्थीको समस्या समाधानको लागि विगत तीन वर्ष अघि देखि सञ्चालन गर्दै आईरहेको जनाए ।

जनसाँस्कृतिक महासंघ प्रदेश ४ का सल्लाहकार अर्जुन ढकालले शैक्षिक सामाग्री व्यवस्थापन गरी अभियानलाई सघाएको कार्यक्रममा जानकारी दिइयो ।

कास्कीमा अनेरास्ववियुको यस वर्षको भर्ना अभियान उद्घाटन वैशाख ९ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.