www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव साप्ताहिकका सम्पादक गिरी भुटान प्रस्थान

पाेखरा,
ताण्डव साप्ताहिक र ताण्डव अनलाइनका सम्पादक अर्जुन गिरी भुटान तर्फ प्रस्थान गरेका छन् । उनी भुटानको राजधानी थिम्पुमा २०१८ सेप्टेम्बर २८ देखि अक्टोबर ७ (२०७५ असोज १२ देखि २१ गते) सम्म आयोजना हुन लागेको १८ वर्ष मुनीको दक्षिण एशियाली (साफ) महिला फुटबल प्रतियोगिताको समाचार संकलनका लागि गिरी त्यस तर्फ प्रस्थान गरेका हुन ।

उनलाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मंगलबार एक कार्यक्रम गरि बिदाई गर्याे । बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय कार्यक्रमहरुको सहभागिताले धेरै कुरा सिक्ने अबसरका साथै भावनात्मक सम्बन्ध विस्तार गर्न सहज हुने बताए ।

Batas

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले सचिब गिरीलाई बिदाई गर्दै खेलकुद पत्रकार र एन्फाका बिच समन्वय गरि यस क्षेत्रको फुटबल बिकासमा संगै अगाडी बढ्ने बताए । सचिब गिरीले आफुलाई मंचले विश्वास गरेर नेपाली महिला फुटबलको समाचार संकलन गर्न भुटान पठाएको प्रती आभार प्रकट व्यक्त गर्दै जिम्मेवारीलाई उत्तिकै गहन ढङले निभाउने बताए ।

उनले आफुलाई प्राप्त हुने भत्ताको रकम बाट १० प्रतिशत रकम मंचलाई प्रदान गर्ने प्रतिवद्धता जनाउँदै भने “हुन त यो सानो रकम हो, तर यसले एउटा उदाहरण कायम हुने र संस्थाप्रती सबैलाई उत्तरदायी बनाउन पनि भूमिका खेल्ने छ ।”

नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मंचका उपाध्यक्ष दिननाथ बराल, अग्रज फोटो पत्रकार सुदर्शन रन्जित, एन्फा कास्कीका महासचिब रमेश कार्की लगाएत अन्य पत्रकारहरुले पत्रकार गिरीलाई सफल यात्राका लागि बिदाई गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई एक जना पत्रकारका लागि अनुरोध गरेपछि सम्पादक गिरीलाई निर्णय गरेर त्यस तर्फ पठाएको हो । गिरी नेपाल खेलकुद पत्रकार मंच गण्डकीका सचिब समेत हुन् । उनी बुधवार नेपाली महिला टिम संगै काठमाडौ बाट भुटान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसैबीच सम्पादक गिरीलाइ ताण्डव साप्ताहिकका अध्यक्ष रमण पाैडेल सहितकाे टाेलीले पाेखरा एयरपाेर्ट पुगेर बिदाइ गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.