www.tandavnews.com
Fact ~ In search of truth

वेद विद्या आश्रमको यौन काण्डमा तानिए प्रिन्सिपल र लेखापाल

पोखरा
ताण्डव न्यूज ।

पोखराको वेद विद्या आश्रम चिसाखोलाको यौन काण्डमा विद्यालयका प्रिन्सिपल र लेखापाल तानिएका छन् । प्रिन्सिपल श्रीराम तिमिल्सेना र लेखापाल ईश्वर रेग्मी हिरासतमा परेका हुन् ।

पीडित बालकले पटक–पटक घटना बारे अभिभावकलाई जानकारी गराउन आग्रह गर्दा उल्टो आश्रमका प्रिन्सिपलले घटना लुकाउन खोजेको भन्दै कास्की प्रहरीले हिरासतमा लिएको हो ।

Batas

आश्रममा फागुन २४ गते भएको करणी जस्तो घटना पीडितका अभिभावकलाई जानकारी नराई आश्रममै मिलाउन खोज्नु कानुन विपरित रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसी अशोक सिहले बताए ।

‘एक बलात्कार जस्तो अपराध लुकाउनु, उल्टो गल्ती गरेको आरोप लागेको विद्यार्थीको पक्षमा बोल्नु जाहेज होइन,’ उनले भने, ‘पीडित बालकको परिवारले करणीको उजुरी दिएका छन् ।’ प्रिन्सिपल तिमिल्सेना र लेखापाल रेग्मीलाई सार्वजनिक मुद्दामा नियन्त्रणमा लिएको उनले बताए । ‘गलत काम गर्न खोज्नेलाई कुनै पनि हालतमा छाड्ने छैनौ,’ उनले भने, ‘उनीहरुलाई के गर्ने भन्ने अनुसन्धान भई रहेको छ ।’

म्याग्दी घर भई कक्षा ७ मा पढ्ने छात्रलाई बर्दिया घर भई कक्षा १० मा पढ्ने छात्रले करणी गरेको आरोप लागेको हो ।

घटनाबारे प्रिन्सिपल तथा लेखाले थाहा पाएपछि सामान्य निवेदनको आधारमा घटना मिलाएका थिए ।

दुवै विद्यार्थीलाई पत्र लेख्न लगाई माफी माग्न लगाएको र घटनालाई सार्वजनिक नगरी लुकाउन खोजेको आरोप लागेको हो ।

फागुन २४ गते घटेको घटना २८ गते मात्र अभिभावकलाई जानकारी गराईएको थियो ।

 

यो पनि पढ्नु होस् ।

पोखराः वेद विद्या आश्रममा यौन काण्ड !

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.