www.tandavnews.com
Fact ~ In search of truth

लोकतान्त्रीक कांग्रेसको सडकमा अधिनायकवाद (फोटो फिचर)

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

कांग्रेसले आफूलाई लोकतान्त्रीक पार्टी भएको दाबी गरिरहँदा पोखरामा आज सोमबार अधिनायकवाद शैलीमा विरोध प्रदर्शन गर्यो ।

कास्की कांग्रेसका कार्यकर्ता, शुभचिन्तक बिहान १२ बजेदेखि पूर्व निर्धारित विरोध प्रदर्शन कार्यक्रमका लागि पृथ्वीचोक, सभागृहमा भिड बढाउन थाले । १२ बज्दै गर्दा बाक्लो भिड र्यालीका लागि तयार भयो र अगाडी कालो ब्यानर समातेर पाइला अघि बढ्न थाल्यो ।

Batas

ट्राफिक प्रहरीहरुलाई सवारी व्यवस्थापन गर्न भ्याई नभ्याई थियो । पोखरामा दैनिक डेढ लाख बढी सवारी गुड्छन् । न्यूरोड पोखराको मुख्य सडक हो । मुख्य सडक नै ओगटेर र्याली निकालिदिएपछि सवारी चालक र विविध कामका लागि निस्केका व्यक्तिहरुलाई तनाव नहुने कुरै भएन ।

मुख्य सडक बाहेकका भित्री सडकहरुले सवारीको चाप धेरै थेग्न सक्दैन । र्याली महेन्द्रपुल चोकमा पुग्यो । कोणसभा स्थल सोही चोकलाई तय भएको थियो ।  यो अवस्था पोखरेलीका लागि नयाँ भने होइन ।

२०७३ चैत १९ गते पोखराका पत्रकार केशवशरण लामिछानेले ‘सडक छेकेर एमाले सभा, दिनभर पोखराको यातायात अवरुद्ध’ शिर्षकमा अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् । सडक छेकेर कार्यक्रम गर्दा सर्वसाधारण, व्यापारी, सवारी चालक, मजदुर लगायतले के कस्तो समस्या भोग्नुपर्यो ? केशव शरणले समाचारमा उल्लेख गरेका छन् ।

सोही वर्ष चैत १७ गते तत्कालिन वाम गठबन्धनले पनि सडक छेकेर कार्यक्रमको आयोजना गरेको थियो भने मंसीर ३० गते राप्रपाले पनि सडक छेकेर सभाको आयोजना गरेका थियो ।

यसरी राजनीतिक दलहरुले पटक पटक अराजनैतीक शैलीमा सडक छेकेर कार्यक्रम गरिरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.