www.tandavnews.com
Fact ~ In search of truth

‘मोटरसाइकल किन्न दिएको पैसाले व्यवसाय गरेको थिएँ’

पाेखरा
ताण्डव न्यूज । 

मेरो जन्म साविकको करापुर गाविस वडा नं ५ लम्जुङको क्यजाबारि भन्ने ठाउँमा भएको हो । मेरो जन्मपछि हाम्रो बासाइसराई नवलपरासीको जुम्केबासघारी भन्ने ठाउँमा भयो । त्यहाँ मामाको घर थियो । त्यसकारण पनि हामि त्यहिँ बस्यौँ ।

मेरो स्कुल लाइफको सुरुवात नवलपरासीबाट भएको हो । १ र २ कक्षा नवलपरासीमा पढं े, र कक्षा ३ को पढाई मैले लम्जुङबाट पढें । म कक्षा ३ मा पढ्दा बुवा रिटायर्ड हुनुभयो । त्यसपछि बुवाले धेरै बसाईसराई गर्नुभन्दा अब पोखरा जानुपर्छ भन्ने निर्णय गरेपछि हामि पोखरा आयाँै ।

मैले ४ कक्षा ठुलीआमाको घर नजिकै रहेको रतनपाण्डे स्कुलबाट पढे । ४ कक्षा पास गरिसकेपछि मैले अमरज्योति प्रा.वि बाट पास गरे । त्यहाँ ५ कक्षासम्म मात्र पढाई हुन्थ्यो ।
भद्रकाली स्कुलमा कक्षा ६ बाट अध्ययन सुरु गरे । अध्ययनको कुरा गर्दा ४ कक्षा सम्म मेरो पढाई निकै राम्रो थियो ।

बसाइसराईको कारणले गर्दा पनि पछि पढाई मध्यम खालको हुन पुग्यो । स्कुल समयमा मलाई खेलकुदमा निकै रुची थियो । स्कुलमा हुने प्रतियोगिताहरु साथै अतिरिक्त क्रियाकलापहरुमा सधै सहभागि हुन्थे । भलिबलको त म क्याप्टेन नै थिए ।

सानैदेखि सबैसंग घुलमिल हुन सक्ने र कोमल मन भएको म अरुको दुःख देख्न सक्दिन थिए । कथाहरु पढ्दा पनि मेरा आखाँबाट आशु झर्ने गर्थे । त्यसकारण मैले त्यस्तो किताबहरु पढ्न नै छाडिदिएँ ।  सानैदेखि हाम्रो परिवारमा व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो । लम्जुङमा हुँदा पनि हाम्रो नेपाली कागज उद्योग थियो, नवलपरासीमा हुँदा पनि किनारा पसल थियो र पोखरामा हुँदा पनि हाम्रो व्यवसाय थियो ।

त्यसकारण मलाई पनि व्यवसाय गर्नुपर्छ भन्ने धारण थियोे । तिन छोरा मध्ये कान्छो छोरा भएर पनि होला, घरमा आमालाई काममा पनि सघाउँने गर्थे । चिया बेच्ने, भाँडा माझ्ने सबै काम गर्थे ।

हाम्रोमा कि त लाहुरे, नभए बिदेश जानुपर्छ भन्ने ट्रेन्ड बढी हुने गर्छ । त्यसकारण अलिअलि लेख्न पढ्न जाने अब केहि गर्छु भनेर म ९ सकेपछि लाहुरेमा गए । लाहुरे हुने जोशमा १० कक्षा राम्रोसंग पढिनँ । ब्रिटिस आर्मीहुने भनेर म ट्रेनिङमा लागे ।  तर लाहुरेमा केहि नभए पनि नेपालमै केहि गर्छु भन्ने सोच भने मैले पहिले नै बनाएको थिए । सबै राम्रो भयो तर म मेडिकलमा फालिए ।

त्यसपछि एसएलसीको लागि फर्म भरे एसएलसीको परिक्षामा सहभागि भए । २०५७ सालमा मैले सएलसी पास गरे । एसएलसी दिने बेलमा म १५ बर्षको थिए ।  एसएलसी पास गरेपछि मलाई बुवाले मोटरसाइकल किन्नका लािग १ लाख दिनु भएको थियो । मोटरसाइकल किनेर त्यसलाई दिनदिनै प्रट्रोल हाल्न आमासंग पैसा माग्न भन्दा केहि व्यवसाय गर्ने सोचे । व्यवसाय गर्ने सोच बनाएको मैले गण्डकी हस्पिटमा बेकरी क्याफे खोले । म आफै अपरिपक्व भएकाले पनि मैले बेकरीलाई निरन्तरता दिन सकिन र बन्द गरे ।

एसएलसी दिने बित्तिकै मैले कम्युटरको तालिम पनि लिएको थिएँ । त्यसपछि मैले घर छेउमा रहेको संस्थामा बेसिक कम्युटर पढाउने काम गरे । ६ महिना त्यहाँ जागिर गरेपछि मैले कम्युटर सम्बन्धि अन्य तालिमहरु लिए । अरुको मात्र जागिर नगर्ने सोच बनाएपछि मैले अहिलेको मल्ल इम्पोरियमको माथि कम्पयुटर मेन्टिनेन्स पसल खाले । लामो समय मैले त्यहि पसललाई निरन्तरता दिए ।

पिएन क्याम्पसमा पढेको म, कलेज सर्टिफिकेटको लागि जाने जस्तै भएको थियो । कलेज पढ्दा केहि कम्युनिष्ट धारणा भएका साथिहरुसंग मेरो संगत भएकाले म बिस्तारै राजनीति तर्फ लागेँ ।

२०६२/६३ कोे मुभमेन्टमा कम्युनिष्टमा मेरो बढी लगाब बढेको हुनाले पनि म कम्युनिष्टमा नै लागे । त्यसपछि म युवा संघ आर्वाको उपाध्यक्ष हुदै क्षेत्रीय कमिटिको संयोजक भएर राजनीति जीवन सुरु गरे । तर घरमा हजुरबुवा र बुवा काँग्रेस पार्टीमा आबद्ध हुनुहुन्थो ।

प्रस्तुतीः विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...