www.tandavnews.com
Fact ~ In search of truth

फेवा महोत्सवमा मन्त्री रवीन्द्रले भने ‘सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिन्छ’

पोखरा(रासस)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज उद्घाटन गर्दै उहाँले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताउनुभयो ।

Batas

उहाँले भन्नुभयो – “इमान्दार भएर पर्यटन व्यवसायीले राज्यलाई राजश्व तिरिदिनोस्, अन्य जिम्मेवारी सरकारले लिन्छ ।”

संख्याको हिसाबमा भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

भैरहवा, निजगढ, नेपालगञ्ज, जनकपुरलगायतका विमानस्थलहरूको धावनमार्ग बढाएर भारतका विभिन्न शहरसँग सोझै हवाई सम्पर्क कायम गर्न पहल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रदेश नं ४ का पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रादेशिक सरकारले निकट भविष्यमा ल्याउने नीति, कार्यक्रम तथा बजेटमा पर्यटन विकासलाई जोड दिइने बताउनुभयो ।

आजदेखि २०७५ वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० वटा स्टल राखिएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.