www.tandavnews.com
Fact ~ In search of truth

पोखरातर्फ आउँदै गरेकाे हाईसबाट ठूलो परिमाणमा लागू औषध बरामद

स्याङ्जा
ताण्डव न्यूज ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज (मंगलबार) दिउँसो ३ बजेको समयमा स्याङ्जामा ठूलो परिमाणमा लागूऔषध बरामद गर्न सफल भएको छ ।

फेदीखोला गाउँपालिका–४, बस्ने २५ वर्षीय विश्वास गुरुङको साथबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

Batas

वालिङबाट पोखरातर्फ आउँदै गर्दा पुतलीबजार नगरपालिका–१, शहिदचोक स्थित ग १ ख ३१६५ नं. को हाईसमा सवार गुरुङबाट डाईजापाम–९३, फेनरागन–९८ र नाम खुल्न नसकेको–९७ (२ मिलि मात्रा भएको) जम्मा गरी २८८ थान लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.