www.tandavnews.com
Fact ~ In search of truth

नेवा सुन्दरीले प्रतिभा देखाए

पोखरा ।

सिजी मिस नेवा पोखरा ११३८ को २० प्रतियोगिले ट्यालेन्ट सो प्रस्तुत गरे । सहभागीले नृत्य, आर्ट, मेकअप, डान्स, भाषण, मेहेन्दी, वाद्यवादन जस्ता कला प्रस्तुत गरे ।

आयोजक नेवाः खलका कास्की अध्यक्ष अशोक पालिखेले भाषा, कला, साहित्यलाई नयाँ पुस्तामा पु¥याउन कार्यक्रमबाट सहयोग हुने बताए । ‘नेवारी भाषा केही नजान्नेहरु पनि फाइनलका दिन नेवारीमा भाषण गर्न सक्ने हुनेछन्,’ उनले भने, ‘यसलाई सांस्कृतिक सुन्दरी प्रतियोगिताको रुपमा अथ्र्या ।’

कार्यक्रम संयोजक गजेन्द्रमान श्रेष्ठले प्रतियोगिताबाट नेवारी युवतीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने विचार राखे । उनले भने, ‘नेवारी पहिचान, संस्कृति जोगाउन र भावी पुस्तालाई हाम्रो ज्ञान, संस्कार, संस्कृति हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । यसकै लागि हामीले सिजी मिस नेवा पोखरा ११३८ आयोजना गरेका हौं ।’

कार्यक्रममा स्वागत ट्यालेन्ट सह–संयोजक रस्ना बुद्धाचार्य र सञ्चालन सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।

Mahanagar add

प्रतियोगिताको फाइनल चैत ३ गते पोखरा सभागृहमा हुनेछ । मिस नेवाले ४० हजार रुपैयाँ, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार रुपैयाँ, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार रुपैयाँ, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट टयालेन्ट अवार्ड ५ हजार, बेस्ट पर्सनालिटी ५ हजार, बेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक अनिषा श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगीमा कृपा श्रेष्ठ, नोमी चुल्याजू, प्रिन्सा ख्वाउजू, निश्मा साई, रञ्जु माकाजू, प्रियंका श्रेष्ठ, जेनिफर श्रेष्ठ, सुस्मिता मानन्धर, मोनिका श्रेष्ठ, अञ्जु जोशी, मानिषा श्रेष्ठ, एलिसा श्रेष्ठ, रोजिना ताम्राकार, सदीक्षा राजभण्डारी, सन्ध्या श्रेष्ठ, स्मृति श्रेष्ठ, रिया श्रेष्ठ, सुचिता ताम्राकार, सरिष्मा जोशी र प्रिती बुद्धाचार्य सहभागी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...