www.tandavnews.com
Fact ~ In search of truth

होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने

रत्ननगर, चितवन(रासस)

होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आज फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको छ । यसअघि उक्त सडक बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो ।

Batas

नेपालीले मनाउँदै आएको रंगैरंगको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनुभयो । यहाँको सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हँुदै आएका छन् ।

यस्तै, ट्राफिक प्रहरीले समेत बुधबार नै सार्वजनिक सूचना जारी गरी आज र भोलि सडक खुला रहने जानकारी दिएको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ ।

अझै केही ठाउँमा भित्तो काट्ने, क्यान्टिलिभर हाल्ने र विभिन्न स्थानमा कालोपत्रको काम बाँकी नै छ । निर्धारित समयमा निर्माण नसकिएपछि दुईपटक थपिएको समयसमेत अभाव हुँदै पुनः म्याद थपको तयारीमा आयोजना रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.