www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय र प्रदेश सरकारबिच समन्वय आवश्यक : मन्त्री बस्नेत

पर्वत
संजय रेग्मी ।

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले स्थानीय तहहरुसंग समन्वय नभएसम्म प्रदेश सरकारले केही पनि गर्न नसक्ने बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुरकोटको बगैँचामा बन्न लागेको शहरी स्वास्थ्य केन्द्र भवनको शिलन्यास गर्दै मन्त्री बस्नेतले अहिलेपनि बिभिन्न नियम तथा ऐनको अभावका कारण स्थानीय तह र प्रदेश सरकार अनि संघीय सरकारका बीचमा आपसी तालमेल हुन नसकेको उल्लेख गरे  ।

Batas

‘आवश्यकता अनुसारका ऐन र नियमहरु समयमै पूरा हुन नसकेका कारण पनि सबै कुराहरु नमिलिरहेको जस्तो देखिएको हो ।’ उनले भने , ‘संघीयता हाम्रो लागि नयाँ हो, यही कारण पनि केही अलमल जस्तो देखिएको हो । तर बिस्तारै सबै कुराहरु मिल्दै गैरहेको छ ।’ उनले गण्डकी प्रदेश सरकार प्रदेशको विकासका लागि कटिबद्ध रहेको पनि धारणा राखे । स्थानीय तहदेखि नागरिकहरुको सहयोगबिना संघियतालाई सफलतातर्फ लैजान नसक्ने मन्त्री बस्नेतको भनाई छ ।

गाउँमा बन्न लागेको भवन निर्माणमा आँपूmले प्रदेश सरकारको तर्पmबाट आवश्यक पहल गर्ने बताउँदै उनले भवनको पूर्णतापछि स्वास्थ्य केन्द्र आसपासका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा पुग्ने अपेक्षा सुनाए । मन्त्री बस्नेतले स्वास्थ्य केन्द्रको भवनको पुर्णताका लागि आफुले प्रदेशको सरकारको तर्फवाट आवश्यक सहयोग गरि समयमै काम सकाउन प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्नका लागि आवश्यक परेको ५ आना जग्गा निशुल्क रुपमा उपलब्ध गराएका कुश्मा नगरपालिका वडा नं. २ का राम वहादुर क्षेत्री (छत्र वहादुर) लाई मन्त्री बस्नेतले सम्मान गरे । क्षेत्रीले झण्डै ३० लाख मूल्य पर्ने अनुमान गरिएको उक्त जग्गा केही समय अगाडि नै बन्न लागेको शहरी स्वास्थ्य केन्द्रको नाममा नामसारी गराईसकेका छन् ।

खुरकोटमा व्यवस्थित खालको स्वास्थ्य चौकीको अभावका कारण बिरामीहरुलाई सदरमुकाम कुश्मा र बागलुङ सम्म पुग्नुपर्ने बाध्यता छ । बगैँचामै स्वास्थ्य चौकी रहेको भएपनि भवन अभावका कारण स्थानीय हिमालय माध्यमिक विद्यालयको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको छ ।

नयाँ स्वास्थ्य केन्द्र बनेपछि खुरकोट, पाङ, अर्मादी र जलजला गाउँपालिकाका केही वडाहरुलाई समेत प्रत्यक्ष फाईदा पुग्ने खुरकोटका वडाध्यक्ष यदुनाथ शर्माले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.