www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट ब्रुनाई लैजाने भन्दै लाखौ रकम ठगी

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

विदेश लैजाने भन्दै पोखरा–१७ घर भएका ५० वर्षीय अमरबहादुर विकले लाखौ रकम ठगी गरेर भागेका छन् । विकले ब्रुनाई लैजाने भन्दै ७ जना व्यक्तिबाट लाखौ रकम लिएर भागेका हुन् ।

केही महिना अघि आफुसहित केही युवाहरुलाई ब्रुनाई लैजाने भन्दै विकले रकम लिएको माछापुच्छ्रे गाउँपालिका–४ का २९ वर्षिय रामबहादुर विकले ताण्डव न्यूजसँग बताए ।

Batas

‘अमरले ३ महिना भित्र ब्रुनाई पठाई दिन्छु भन्दै म सहित अन्य ६ जनासँग पैसा लिएर वेपत्ता भए,’ उनले भने, ‘कोहीसँग २ लाख त कसैसँग ३ लाख लिएर भागे, मैले थाहा पाएका ६ जना छन्, त्यो बाहेक अन्य कति होलान् ?’

उनीसँगै अन्नपूर्ण गाउँपालिकाका २७ वर्षीय अर्का रामबहादुर विकले पनि आफु ठगिमा परेको भन्दै अमर विरुद्ध बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा आज (विहिबार) उजुरी दिएका छन् ।

साथीहरुकै साथमा रामले पनि २ लाख रुपैया अमरलाई बुझाएका थिए ।

फरार अमरको लाइसेन्स

त्यसैगरी मादी गाउँपालिकाका २५ वर्षीय प्रदिप विक, अन्नपुर्ण गाउँपालिकाका–७का ३० वर्षीय अमृत विक, ३३ वर्षीय सुर्य सुनार र पोखरा–२९ पट्नेरीका सुरज विकले ३–३ लाख दिएका थिए ।

उनीहरुले आफुले दिएको रकमको तमसुक समेत बनाएका छन् ।

रामबहादुरले अमरसँग गरेको तमसुक

तमसुकमा उल्लेख भए अनुसार अमरले भनेको अवधिमा उनीहरुलाई विदेश नपठाए साँवा–व्याज तिर्नु पर्ने छ । अवधि सकिएको महिनौ वित्दा पनि अमरले आलटाल गरेका थिए ।

अहिले अमर कहाँ छन् कसैलाई थाहा छैन । ताण्डव न्यूजले अमरलाई फोन सम्पर्क गर्दा उनले प्रयोग गर्ने २ वटै फोन नम्बर अफ छन् ।

पीडितका अनुसार अहिले ७ जना ठगिएको भनेर खुलेपनि अन्य धेरैसँग रकम खाएर अमर फरार भएका हुन् ।

त्यसैगरी विदेश लैजाने भन्दै अमरसँग भेटघाट गराउने पोखरा–२५ का ३६ वर्षीय कृष्णबहादुर सुनार पनि अहिले सम्पर्क विहिन भएका छन् ।

उनीहरु ठगिनुमा कृष्णको मुख्य दोष रहेको पीडितले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.