www.tandavnews.com
Fact ~ In search of truth

गरिमाको शाखा रुपन्देहीको योगी कुटीमा

पोखरा ।

गरिमा विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको योगी कुटीमा शाखा विस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरेका हुन् । विकास बैंकको हाल रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा कार्यालय संचालनमा रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

२०७५ पौष ५ गते सम्म विकास बैंकले रु.२५ अर्ब २५ करोड निक्षेप संकलन गरी २२ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.