www.tandavnews.com
Fact ~ In search of truth

सुजन लम्सालकाे शब्दमा गायक बिबिको ‘फूल जस्तै’ सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

गायक बिबि गुरुङ(बलबहादुर) र सुमधुर स्वरकी धनी विष्णु माझीको आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ ।

गायक बिबि गुरुङको प्रस्तुती रहेको गीतमा लोक गीतका अब्बल सर्जक सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । गितमा कोरस गायक प्रसाद खप्तरी मगर,यज्ञ विक, कृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको पनि स्वर रहेको छ ।

Batas

बिपी फिल्म्सको निर्माणमा गरिएको गीतको भिडियोमा श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । गितको भिडियोमा झण्डै सय जना कोरस डान्सरले साथ दिएका छन् ।करन चैसिरको छायांकन रहेको ‘फूल जस्तै’ लाई प्रविन भट्टले सम्पादन गरेका हुन्।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ले गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.