www.tandavnews.com
Fact ~ In search of truth

पूरा भयो बजेट अधिवेशन, सञ्चालनका लागि आवश्यक तयारी

काठमाडौं,
ताण्डव न्यूज ।

बजेट अधिवेशन सञ्चालनका लागि संघीय संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी गरेको छ ।

संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर, अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।

Batas

सचिवालयले भने समय घर्किसकेबकाले प्रि–बजेट माथि छलफल चलाउन नसकिने जनाएको छ । नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रि–बजेटलाई त सम्भव नदेखिएको भन्दै उनले १५ दिन अगाडि भन्ने प्रावधान भएपनि जेठ १५को समय गुजारीसकेको बताए । अब नीति तथा कार्यक्रम र बजेटका कुरा बाँकी रहेकोले त्यसको लागि १– २ दिनभित्रै बैठक आव्हान भएमा बैठकलाई छोटो तरिकाले सञ्चालन गर्न सकिने उनको धारणा छ ।

प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको जानकारी दिए । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उनले बताए ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्नुलाई मात्र आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको पाण्डेको भनाइ छ । तर, त्यस किसिमको अवस्था आएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.