www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको पालुङटारमा पोखरा फाइनान्सको शाखा

पोखरा   । 

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुड्डटार नगरपालिका ५, ठाँटीपोखरीमा नया शाखा विस्तार गरेको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्न खोलिएको उक्त पालुड्डटार शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिंह गुरुङ तथा पालुड्डटार नगरपालिकाका नगर उप–प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका थिए ।

Batas

उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुड्डटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ एवं अध्यक्ष भुवनसिहं गुरुङले बोेलेका थिए ।

चुक्ता पुजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाले उक्त पालुड्डटार शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड तथा सि–आश्वा लगायतका सेवा दिईने जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.