www.tandavnews.com
Fact ~ In search of truth

तेजाब खन्याएर ६ महिने बालकको हत्या

अछाम । 

छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।

यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

Batas

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आरोपित महिलाले सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.