www.tandavnews.com
Fact ~ In search of truth

‘पातली’ तीज गीतमा उत्कृष्ट टिकटक गर्नेलाई पुरस्कार

पोखरा
ताण्डव न्युज ।

पछिल्लो समयमा चर्चित सर्जक शिव हमालको शब्द÷लयमा बजारमा आएको तीज गीत ‘पातली’को चर्चा चुलिएको छ । मौलिकपन बोकेको गीत पातलीलाई गायिका कला लम्सालले गाएकी हुन् । गीतलाई लम्सालकै अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएकी हुन् ।

गीत मौलिकपनसँगै पछिल्लो समय टिकटिकमा पनि बढि बनाइने गीत बनेको छ । यसैलाई केन्द्रित गर्दै गायिका लम्सालले एउटा अफर ल्याएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत ‘पातली’ नामक तीज गीतमा उत्कृष्ट टिकटिक बनाउने ३ जनालाई पुरस्कार प्रदान गर्ने घोषणा गरेकी छन् ।

Batas

लम्सालका अनुसार पातली गीतमा समावेश चारवटा टुक्कामध्ये जुनसुकै टुक्कामा गर्न सकिने र सहभागीले सारी लगाएको भिडियो पोस्ट गर्नुपर्ने हुन्छ । तीज नारीहरुको चाड भएको हुनाले यो प्रतियोगितामा नारीहरु मात्र सहभागी हुन पाउनेछन् । यसको लागि लम्सालको अफिसियल टिकटक च्यानल @kalalamsal31 मा फ्लो गर्नुपर्ने हुन्छ ।

टिकटक बनाउनेहरु मध्ये सबैभन्दा उत्कृष्ट हुनेलाई २५ हजार बराबरको सारी, द्धितीय हुनेलाई १५ हजार रुपैयाँ बराबरको लेङ्गा र तृतीय हुनेलाई ५ हजार बराबरको कुर्ता सुरवाल प्रदान गरिने लम्सालले जानकारी दिइन् ।

उनका अनुसार तीजको समयसम्म टिकटक बनाएर पोस्ट गर्नेलाई मान्यता दिइनेछ । ‘आजको टिकटकमा अभिनय गर्ने कलाकार भोलिको स्थापित कलाकार बन्न सक्छन्,’ उनले ताण्डव न्युजसँग भनिन्, ‘त्यसैले पनि पहिलोपटक टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो । मेरो यो बिसुद्द सकारात्मक अभियानमा सहभागी हुनुहुनेछ ।’ प्रतियोगिताको निर्णायक मण्डलमा पातली गीत का सम्पूर्ण युनिट रहनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.