www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय युवा सम्मेलन पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

युवाहरुको क्षेत्रमा सक्रिय रहँदै आएको नेपाल युथ काउन्सिलले गण्डकी प्रदेशमा युवा सम्मेलनको आयोजना गर्ने भएको छ ।

काउन्सिलले यहि असार १३ र १४ गते २ दिन पोखरामा प्रदेश स्तरीय युवा सम्मेलन २०१९ गर्ने भएको हो । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको सहभागीता रहने नेपाल युथ काउन्सिल, गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटले जानकारी दिइन् ।

Batas

गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ वर्ष देखि २९ वर्ष समुहका २ सय युवाहरु सहभागी हुने आयोजक नेपाल युथ काउन्सिलले बताएको छ ।

सम्मेलनमा युवा उद्यमशिलता, युवा र दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, युवा र राजनिती , युथ एक्सचेन्ज लगायतका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

भिजिट नेपाल २०२०लाई प्रवद्र्धन गर्ने गरि सम्मेलनमा युवा र पर्यटन शिर्षकमा विशेष छलफल हुने भएको छ ।
विभिन्न एक्पर्टहरुले आफ्ना प्रस्तुती राख्नेछन् भने स्टोरी टेलिङ, प्यानलस डिस्कसन सम्मेलनको आर्कषण रहेको छ ।

सम्मेलन पोखरा फेवामार्ग स्थित शान्तिनगर बैङक्युटमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सामाजिक विकास मन्त्रालय, उद्योग वातावरण तथा पर्यटन मन्त्रालय लगायत विभिन्न संघसंस्थाले सम्मेलनमा सहकार्य गरी सहयोग गर्ने भएका छन् ।

देशमा रहेका ४१ प्रतिशत युवा समुहको नेतृत्व विकास गर्न साथै युवा परिवर्तनका सम्वाहक बनी देशको विकासमा टेवा पुर्याउने उद्धेश्यले यो संस्थाको स्थापना भएको हो ।

नेपाल युथ काउन्सिलले हालसम्म देशका ५२ वटा जिल्ला र सातै प्रदेशका युवाहरुसँग काम गर्दै आइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.