www.tandavnews.com
Fact ~ In search of truth

चिली क्होइवो निर्माणका लागी सिक्लेसका स्थानीयद्धारा १७ लाख सहयोग

पोखरा ।
सिक्लेसमा निर्माण हुन लागेको चिली क्होइबोको लागि एकैदिन १७ लाख १ हजार १ सय ७७ रुपैया संकलन भएको छ । सिक्लेसमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रमबाट रकम संकलन भएको हो ।

मादी गाउँ पालिका वडा नम्वर १ स्थित ऐतिहासिक रिसफुलुमा निर्माण हुने सिक्लेस क्होइवोको लागि धप्राङथर टोल सुधार समितिले ३ लाख ५५ रुपैया , सुबेदार जंग बहादुर गुरुङले १ लाख १ सय ४८ रुपैया, खुसिरिबाट १ लाख ९ सय ७९ रुपैया , दल बहादुर गुरुङका चार दाजुभाइवाट १ लाख ९ सय ५ रुपैया र पच्यु पैडी चिवा मौ वहादुर १ लाख ५ हजार रुपैया क्होइवो निर्माण समितिलाई दिएको हो ।

यसैगरि निर्माण समितिलाई पच्यु चिवा स्व .आस वहादुर गुरुङको स्मृतिमा श्रीमती पुर्णसिरि र परिवारवाट १ लाख ५ रुपैया , रुप बहादुर गुरुङ ( रुरल ) को परिवारवाट १ लाख १ सय ५ रुपैया , कुमानसि गुरुङवाट १ लाख १ सय १० रुपैया , मेच वहादुर गुरुङवाट १ लाख १ सय ५ रुपैया र तमु प्ये ल्हु संघ सिक्लेस इकाई समितिका अध्यक्ष एवम् मादी १ का वडाध्यक्ष सुरज कुमार गुरुङ र छोराहरुवाट १ लाख ५ हजार रुपैया सहयोग प्राप्त भएको छ ।

Batas

यस्तै सिक्लेस आमा समूहवाट ५० हजार ५ रुपैया , लिल वहादुर गुरुङबाट ५० हजार ९ सय ५४, सभाथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया , सिक्लेसप्रेमी पत्रकार वसन्त श्रेष्ठ १० हजार ५ रुपैया , गैरीथर टोल सुधार समितिवाट ३५ हजार, याङ्जाकोट घर भई युकेनिवासी लेख जंग र श्रीमती शान्ती गुरुङवाट १० हजार ५० रुपैया , हर्पुथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया, लामाथर टोल २० हजार १५ रुपैया र कोइथर टोल सुधार समितिवाट १५ हजार निर्माण समितिलाई प्राप्त भएको छ ।

करिव १ करोड ३० लाखको लागतमा सिक्लेसमा क्होइवो निर्माण हुन लागेको हो ।निर्माण समितिका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा समितिका उपाध्यक्ष इच्छा बहादुर गुरुङ, सचिब गेहेन्द्र गुरुङ, मिलन गुरुङ लगायतले वोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.