www.tandavnews.com
Fact ~ In search of truth

बिरौटामा ड्याडिज किचेन : तपाईको रोजाइको स्वादमा

पोखरा,
ताण्डव न्यूज ।

पोखरा १७– विरौटामा संयुक्त लगानीमा सञ्चालनमा आएको ड्याडिज किचेनको यहि असोज १२ गते देखि औपचारिक रुपमा ओपनिङ हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

२०७३ सालमा पोखरा विरौटामा ठेलाबाट व्यवसाय सुरु गरेको ड्याडिजले ‘कायापलट ल्याउँछौ स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौँ’भन्ने नारासहित फुड ट्रक हुदैँ सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

Batas

हाल रेष्टुरेन्ट व्यवसायी लेकसाइड ओरियन्टेड भइरहँदा आफुहरुले भने लोकल कस्टमरलाई टार्गेट गरि विरौटामा रेष्टुरेन्ट सञ्चालन गरेको सञ्चालक कमलजंग कुँवरले बताए ।

हाल ट्रायल पिरियडमा पनि रेष्टुरेन्टबाट दिनमै ३ सय ५० बढी कष्टमरलाई सेवा दिदैँ आईरहेको बताउँदै सञ्चालक कुँवरले भने,‘ औपचारिक ओपनिङ पछि ५ सय बढी कष्टमरलाई सर्भ गर्ने लक्ष्य हाम्रो छ । ’

ओपनिङ पिरियड असोज १२ गतेदेखि १६ गते सम्म ड्याडिज किचनमा पुग्ने कस्टमरलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको अर्का सञ्चालक सन्दीप क्षेत्रीले जानकारी दिए। रेष्टुरेन्टमा हरेक साँझ ७ देखि ९ बजेसम्म लाइभ म्युजिक हुने र साँझ ८ बजे पछि बेकरी आइटममा ५० प्रतिशत छुट हुने क्षेत्रीले बताए।

३ करोड ५० लाख लगानीमा बनेको रेष्टुरेन्टमा ३ सय जनाको क्यापासिटी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेष्टुरेन्टमा विभिन्न पुरातात्विक वस्तुहरुले डेकुरेशन गरिएको छ । विश्वकै ठूलो गिटार, पोखरा फेवातालमा रहेको २१ वर्षे पुरानो डुंगा, ७५ वर्ष पुरानो काठको चक्का(पाङग्रा) रेस्टुरेन्टको आर्कषणमा रहेको छ ।

ड्याडिज किचनले पोखरामा मात्र नभई अन्य जिल्लामा शाखा विस्तार गरेको छ । काठमाडौं, बुटवल र रुपदेन्हीमा ड्याडिज किचन प्रा.लिको ब्रान्च सञ्चालनमा रहेको जानकारी दिइएको छ भने छिट्टै मल्टीनेशनल्ली जाने योजना रहेको जनाइएको छ ।

युवाले चाहे स्वदेशमै पनि गर्न सकिन्छ भन्ने सन्देश दिन र युवालाई केही हदसम्म स्वरोजगार बनाउने उद्येश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएकोे बताउँदै ड्याडिजका सञ्चालक कुवँरले भने, हामी नेपालमा मात्रै हैन छिट्टै अन्य देशमा पनि हाम्रो शाखा विस्तार गर्ने सोचमा छौँ । पहिलो चरणमा युएसए, अष्ट्रेलिया र इन्डियामा शाखा विस्तार गर्ने तयारी गरिरहेका छौँ । ’

ड्याडिज किचनले व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने आफ्नो दायित्व सम्झिदैँ हप्ताको एक दिन शनिबार सरसफाई कार्यक्रम गर्दै आइरहेको जानकारी दियो ।

‘ड्याडिज किचनमा कार्यरत कर्मचारी,सदस्यहरु हामी सबै मिलेर हरेक दिन नसके पनि हप्ताको एक दिन सरसफाई गर्दै आइरहेका छौँ। सरसफाईको नवौँ हप्ता पुरा भइसकेको छ ।पोखरा एउटा सुन्दर शहर हो, हामी आफैले यसको सुन्दरता जोगाउँ भन्ने सन्देशका लागि पनि हामीले सरसफाई गरेका हौँ । ’सञ्चालक कुँवरले भने

ड्याडिज नामको प्रसङ्गमा बाबा घरको बलियो र निडर मान्ने व्यक्तिको रुपमा चिनिने मानिने भएकाले बाबाप्रतिको सम्मान स्वरुप ड्याडिज नाम राखिएको कुँवरले बताए ।

ड्याडिज किचनको हाल रेन्टुरेन्टसँगै विरौटा चोक राममन्दिर नजिक फुड ट्रक पनि सञ्चालनमा रहेको छ । फुड ट्रक र रेष्टुरेन्टमा गरि झण्डै ७० जनाले रोजगारको अवसर पाएको अर्का सञ्चालक होम रानाले बताए ।

यो पनि पढ्नुहोस्

‘कायापलट ल्याउँछौ स्वदेशमै’ : ड्याडिज किचन

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.