www.tandavnews.com
Fact ~ In search of truth

मनास्लु पदमार्गमा फोहोर टिप्दै विदेशी पर्यटक

पोखरा ,
ताण्डव न्युज ।

मनास्लु पदमार्गको सामागाउँ हुँदै मनाङको भीमथाङ–तिल्चे झरेका पर्यटकहरुले फोहोर संकलन गरेका छन् ।

जर्मनबाट मनास्लु क्षेत्र घुम्न आएका पर्यटकहरुले लार्केपास गरेपछि मनाङ झर्ने बाटोमा भेटिएका प्लास्टिकजन्य फोहोरहरु सरसफाई गरेका हुन् । १५ दिनको प्याकेजमा मनास्लु घुम्न आएका जर्मन नागरिक स्टेबलर लगायतको टोलीले पदमार्ग फोहोर भएको भन्दै फोहोर संकलन गरेको बताए ।

Batas

भीमथाङ आउनु भन्दा अघि देखि नै फोहोर संकलन सुरु गरेको उनीहरुले फाल्ने ठाउँ नपाएर कोही आफैँले त कोही भरियालाई बोकाएर मनाङको धारापानी झारेका छन् । धारापानीमा उनीहरुले स्थानीय होटल ब्यवसायिलाई उक्त फोहोर जिम्मा लगाए ।

‘यति राम्रो हिमालको छेउमा यस्तो फोहोर सुहाएन,’ स्टेबलरले भने, ‘कुहिने फोहोर कुहिन्छ जान्छ । प्लास्टिक त कुहिँदैन । हिमालमा कति असर पुर्याउला । त्यसैले हामीले टिपेर ल्याएको ।’

उनीहरुले पदमार्गमा भेटिएको चाउचाउको खोल, पेय पदार्थका बोतलहरु लगायत प्लास्टिकजन्य फोहोर संकलन गरेका हुन् । पदमार्गमा फोहोर ब्यवस्थापन गर्ने ठाउँ नहुँदा यस्तो समस्या आएको मनाङका होटल ब्यवसायि मनिराम गुरुङ बताउँछन् ।

अर्काे लार्केपासबाट झरेर भीमथाङ तिरको भेगमा मनास्लु संरक्षण क्षेत्र आयोजनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई र अन्नपूर्णले मनास्लुलाई देखाएर पदमार्ग सुधार लगायत फोहोर ब्यवस्थापनको काम पनि सोचे अनुरुपको नभएको गुरुङ बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.