www.tandavnews.com
Fact ~ In search of truth

मोदीबेणीधामका ७ सय बर्ष पुराना शालिग्राम चोरी

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

पवित्र तिर्थस्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राती शालिग्राम शिलाहरु चोरी भएका छन् ।

Batas

मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी भएको नृसिंह मन्दीर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा रहेको मुख्य शालिग्राम सहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।

चोरले मन्दीरको ढोका नै फुटाएर शालिग्राम शिला सहित दान पेटीका समेत लगेको पनि उनले बताए । ‘दान पेटीकामा भने खास पैसा थिएन् ।’ बैरागीले भने, ‘शालिग्राम भने लगभग ७ सय बर्ष अगाडिका हुन् ।’ सबै शालिग्रामको तौल लगभग एक सय किलो हुने भएकोले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुन सक्ने अुनमान गरिएको छ ।

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजनहरु मन्दिरमा जाने क्रममा ढोका तोडेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए ।

शालिग्राम शिला एउटाकै मूल्य पर्छ भन्ने एकिन छैन्। तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेको पाईन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.