www.tandavnews.com
Fact ~ In search of truth

‘विषादी प्रकरण’पछि भान्छामा परेको असर

मगाइएको डिडिटि बाट सुरु भएको ‘विषादी प्रयोग’

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

औलो उन्मुलनका लागि सन् १९५२ तिर अमेरिकाबाट मगाइएको डिडिटि नै औद्योगिक रुपमा उत्पादित विषादीको नेपालमा भएको पहिलो प्रयोग मानिन्छ । त्यसयता क्रमैसँग त्यसको प्रयोग बढ्दै गएको छ।

नेपालमा आयात हुने कुल विषादीमध्ये झण्डै ८५ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने गरेको बताइन्छ ।नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ । त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन् ।

Batas

तरकारीमा विषादीको अत्यधिक प्रयोगले वातावरण प्रदुषण त बढाउँछ नै त्यसबाहेक मानिसमा क्यान्सर, जन्मिदै अपांग हुने, स्वासप्रस्वास, फोक्सो, कलेजो र मिर्गाैलाका समस्या देखापर्न थालेका छन् । किसानलाई विषादीको प्रयोग सुरक्षितरूपमा गर्नेबारे न्यूनतम जानकारी र तालिम दिइएको छैन् ।

सरकारी तथ्याङ्कअनुसार अत्यधिक विषादी प्रयोग गर्ने जिल्लामा काभ्रे, धादिङ र चितवन छन् । मुलुकमा आयात हुने विषादीको ८५ प्रतिशत प्रयोग तरकारी बालीमा हुने गरेको छ ।

बाली विज्ञान महाशाखाको पछिल्लो विवरणअनुसार नेपालमा तरकारी खेतीमा प्रति हेक्टर सरदर १.६ ग्राम विषादी प्रयोग हुँदै आएको छ । महाशाखाले हालका दिनमा यो तथ्याङ्क अझ बढेको अनुमान गरेको छ ।

बाली विज्ञान महाशाखाका विज्ञका अनुसार किसानले तरकारी बारीमा लाग्ने रातो कमिला, फट्यांग्रा, गोब्रे, फल खाने किरा, सेतो झिँगा र लाइकीरा नियन्त्रण गर्न काब्रोफियुरन, ट्राइजोफस र नुभान प्रयोग गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले ती विषादीलाई हानिकारक विषादीको वर्गमा राखे पनि सरकारले यिनलाई प्रतिबन्ध लगाएको छैन, घातक विषादीको सूचीमा राखेर औपचारिकता मात्र पूरा गरेको छ । प्रयोगलाई निरन्तरता दिने निर्णय महत्वपूर्ण चुनौती हो ।

विषादीका कारण तरकारीमा देखिएको रेजिड्यु पनि एउटा समस्या हो ।

राष्ट्रियस्तरमा सन् १९९५ देखि २००५ सम्म विषादीसम्बन्धी संकलन गरिएको तथ्याङ्कअनुसार करिब ११ प्रतिशत तरकारीका नमुनामा रेजिड्यु फेला परेको थियो ।

तरकारीको मूल्य बढ्न थालेपछि घर वरपर रहेका तरकारी पसलहरुमा एउटै तरकारीको मूल्यमा पनि फरक पाउने गरेको स्थानीय किरण सुनारले बताइन् । ‘एउटै ठाउँ भएपनि मूल्यमा मनपरि गरेका छन् ,’ उनले भनिन्, ‘अनुगमन नहुँदा तरकारीको मूल्यमा व्यापारीहरुको मनोमानी बढेको हुनुपर्छ ।’

तरकारीको मूल्य वृद्धि कारणले पोखराकी शान्ति क्षेत्रीले एक महिनादेखि बाहिर तरकारी नकिनेको बताउँछिन् । ‘मूल्य बृद्धि भएसंगै घरको छतमा तरकारी खेतीको सुरुवात गरेको छु,’ उनले भनिन्, ‘तर सबै तरकारी घरमा फल्दैन, फलेअनुसार घरकै टिपेर खाएका छौ“ ।’

जरेवरका तरकारी तथा फलफूल व्यापारी टेक बहादुर थापाका अनुसार तरकारीको मूल्यमा वृद्धि भएपछि व्यापारमा पनि घटबढ भएको बताउँछन् । ‘तरकारीको मूल्य बृद्धिले व्यापार फष्टाउन सकेको छैन,’ उनले भने, ‘यसले व्यापारीहरुलाई मात्र नभई न्यून वर्गका उपभोक्तहरुमा झनै ठूलो समस्या भएको छ ।’

केहि हप्ता दिनको लगातरको पानिले तराईसँगै विभिन्न ठाउँहरुमा बाढी र पहिरोले क्षति पु¥याएको हुनाले तरकारीको मूल्यमा बृद्धि हुन पुगेको तरकारी व्यवसायी दिपेन्द्र दाहालले बताए ।

‘तराईमा परेको पानि र बाढीले तरकारी तथा फलफूल सबै नष्ट भए,’ उनले भने, ‘त्यसकारण खरिद गर्दा नै बढी मूल्य तिर्नु प¥यो, जसले गर्दा हामीले पनि त्यहि अनुसार नाफा राखेर बेच्नु पर्ने हुन्छ ।’

यो सिजनमा प्रायः तरकारी तथा फलफूलहरु सड्ने र धेरै कुहिने हुनाले बजारमा समान मूल्य हुन नसकेको र यस्तो समस्याहरु आउने गरेको व्यापारीहरुको भनाइ छ ।

विषादी जाँचको लफडा

गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो।

असार २ मा विषादी परीक्षण गर्ने निर्णय गरिएको भए पनि विषादी परीक्षण गर्न पूर्वाधार अभावको कारण देखाउँदै निर्णय उल्ट्याइयो । सरकारले निर्णयबाट पछि हट्दै गर्दा नेपालका मुख्य सहरहरुमा रहेका विषादी अवशेष परीक्षण प्रयेगशालाहरू भने कर्मचारीको आभावमा बन्द थिए।

काठमाडौंको कालिमाटीबाहेक रुपन्देहीको बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ कार्यालय राखिएको छ तर कर्मचारी अभावले यी प्रयोगशाला बन्द हुँदा भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्न नसकेपछि नेपाल सरकारले आफ्नै निर्णय उल्टाउनु परेको हो।

सरकारले निर्णय उल्टाएपछि सर्वोच्च अदालतमा अधिवक्ता स्वागत नेपाल लगायतको समूहले विषदी जाँच नगरी तरकारी ल्याउन नपाइने भनि दिएको रिटको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

‘प्रदेश सरकारले नगरेपनि स्थानीय सरकारले काम गरेको भए समस्या कम हुन्थ्यो’

कपिलनाथ कोइराला
अध्यक्ष, उपभोक्ता मञ्च कास्की

अहिले बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएको छ । त्यसमा एक दुईवटा कारणहरु पनि छन, सबैभन्दा पहिलो कारण भनेको अहिले जुन इण्डियाबाट आएको बिषादीयुक्त फलफूलहरु छन त्यो तरकारीलाई केही समय चेकजाँच गरेर मात्र आयात गरिने सरकारले निर्णय ग¥यो तर सरकार त्यो निर्णयमा टिक्न सकेन ।

त्यसैले इण्डियाबाट तरकारी आउन छोड्यो, नेपालको तरकारी उत्पादनले पुग्दैन त्यसकारण यहाँको डिमाण्ड र सप्लाईको ब्यालेन्स बिग्रीएको हुनाले तरकारीको मूल्य बृद्धि गर्ने खुद्रा व्यापारीहरुले राम्रो बहाना पाए । तर इण्डियाबाट आउने सबै तरकारीहरु पोखरामा आयात हुँदैन । पोखरामा चाहिने २५ प्रतिशत तरकारी पोखरामै उत्पादन हुन्छ भने ७५ प्रतिशत तरकारी धादिङ, मकवानपुर, जनकपुर देखि पोखरामा आउने गरेको छ ।

अहिले उपभोक्ता संरक्षण नियमावाली २०५६ खारेज भएको छ । त्यसकारण अब सिडियोको समिति छैन । अब प्रदेश सरकार र स्थानीय उपभोक्ता संरक्षण नियमवाली बनाउने भनेर लिखिएको छ ।

अहिले सम्म प्रदेश सरकारले नियमवाली बनाएको छैन । त्यसकारण तत्काल यो घटनामा हामी उर्तन सकेका छौनौ, त्यो नियमवाली आएपछि हामी पहिलाको जस्तै काम गर्नेछौ ।

तर स्थानीय तहको पनि एउटा अनुगमन समिति छ, आज भन्दा डेढ बर्ष अगाडि पारित भएको समितिले काम गर्न नसकेको पनि मार परेको छ । प्रदेश सरकारले नगरेपनि स्थानीय सरकारले गरेको भए केहि हुन्थ्यो होला ।

 

‘तरकारीमा मूल्य निर्धारण नभएकाले थोक र खुद्रामा मूल्य धेरै फरक छ’

रुपा दाहाल
कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक

थोक र खुद्रामा तरकारीको मूल्य धेरै फरक छ । तर थोक र हाम्रोमा भने मूल्य लगभग बराबर जस्तै छ । पछिल्लो केहि हप्ता यता तराईमा गएको बाढीलेथोक बजारमा पनि तरकारीको मूल्यमा बृद्धि हुन गएको हो । प्रायः यो सिजनमा असारको अन्तिम देखि साउनको महिनौभरि अरु सिजनमा भन्दा तरकारीको मूल्य बृद्धि हुने तथ्यांकले पनि बताउँछ ।
तर पहिलाको बर्षाहरुमा भन्दा अहिले केहि मात्रामा मूल्य बृद्धि भएरै आएको छ ।त्यसमा हामीले तरकारीको मूल्य तोक्न मिल्दैन, यति मात्र नभई हामीले थोक बिक्रेताहरुका लागि पनि मूूल्य निर्धारित गर्ने मिल्दैन । तरकारीको विषयमा कुनै पनि निकायबाट मूल्य निधार्रण नगिएको हुनाले पनि बजारमा थोकमा भन्दा खुद्रामा राखिएको तरकारीको मूल्यमा अत्याधिक नाफा लिएको हामिले देख्न सक्छौ ।
लगभग दुई चार घण्टाको अन्तरालमा फलफूल तथा तरकारीहरु सड्ने र कुहिएर जाने हुनाले पनि तरकारी तथा फलफुलको मूल्य सबै बजारमा एकनास हुन नसकेको पनि व्यवसायीहरुको तर्फ रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.