www.tandavnews.com
Fact ~ In search of truth

कर्तव्य ज्यानमा फरार शाही २० वर्षपछि पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी मनबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । ठकुरी माहिलो भनेर चिनिने शाहीलाई कास्की प्रहरीले २० वर्षपछि पक्रन सफल भएको हो ।

२०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस वडा नं. ८ माझटीमा अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी मारी फरार भएको घटनामा संलग्न ३८ वर्षीय शाहीलाई सोमबार निजकै घरबाट पक्राउ गरिएको हो ।

Batas

मादी गाउँपालिका ३ बस्ने प्रतिवादी शाहीलाई मंगलबार जिल्ला अदालतमा पेश गरिएको छ । शाहीलाई सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाएको फैसला भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.