www.tandavnews.com
Fact ~ In search of truth

शसस्त्रका ठकुरी बने हाफ म्याराथनका बिजेता

संजय रेग्मी

पर्वत / ताण्डव न्यूज ।

 पर्यटकीय गन्तब्य पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न पर्वतमा आयोजना गरिएको राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउंपालिका घर भई शसस्त्र प्रहरीमा कार्यरत धावक गणेश सिंह ठकुरी प्रथम भएका छन ।

पर्वतको मोदी गाउँपालिका ७ राम्जामा रहेको पशुपति मा.वि.ले विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयदेखि पञ्चासे ताल सम्म झण्डै २१ किलोमिटर लामो म्याराथुनको आयोजना गरेको हो । प्रतियोगितामा धनगढी घर भएका शसस्त्र प्रहरीकै किरण सिंह बोगटी दोस्रो र सोलुखुम्बुका सुमन कुलुङ राई तृतिय बनेका हुन ।

पञ्चासे पुगेर फर्किन ठकुरीलाई १ घण्टा १० मिनेट २ सेकेण्ड, बोगटीलाई १ घण्टा १० मिनेट ३० सेकेण्ड र राईलाई १ घण्टा ११ मिनेट ३७ सेकेण्ड लागेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितियलाई ५० हजार र तृतियलाई २५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

पशुपति मा.बि को उचाई १ हजार ५ सय २० मिटरबाट शुरु भई २ हजार २ सय ८६ मिटर सम्म पुगेर फर्किनुपर्ने म्यारथुनमा ५७ जना प्रतिस्पर्धीको सहभागिता थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.