www.tandavnews.com
Fact ~ In search of truth

सरकारी छाप किर्ते गर्ने पर्वतका राजु पक्राउ

 

पोखरा ,
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले सरकारी छाप किर्ते गर्ने एक जनालाई पक्राउ गरेको छ । पर्वतको कुश्मा बजार भित्रका विभिन्न कम्प्युटर इन्सटिच्युटहरुबाट लिखित सम्बन्धी कुसरजन्य अपराध गरेको गरेका ३९ वर्षीय राजु पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

Batas

कुश्मा नगरपालिका वडा नं ५ लोकतान्त्रिक चोकमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसमा लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु ,किर्ते लिखित कागजात गर्न प्रयोग गर्दै आएको १ थान कम्प्युटर सहित मल्टिसर्भिसका सञ्चालक पौडेल पक्राउ परेका हुन् ।

उनीमाथि लिखित सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.