www.tandavnews.com
Fact ~ In search of truth

हाइड्रोपावरका कामदारको कोठामा सिलिन्डर पड्किँदा ४ को ज्यान गयो

पोखरा,
ताण्डव न्यूज ।

सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्किँदा चार जनाको ज्यान गएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन शिवश्री हाइड्रोपावरका कामदारको कोठामा सिलिन्डर पड्किँदा चारको ज्यान गएको हो । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ अन्य दुईका नाम,ठेगाना खुल्न सकेको छैन ।

मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामो शव सनाखत भएको हो । मृतकका शरीर चिन्ने नसकिने गरी क्षतविक्षत रहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.