पोखरा ।
नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि सक्रीयता पूर्वक कार्य गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।
वल्र्ड सि एस आर डे को अवसरमा भारतको मुम्बईमा यहि फेब्रुअरी १८ तारिकमा आयोजित विशेष कार्यmक्रममा संस्थाले एन जि ओ लिडरसीप अवार्ड प्राप्त गरेको थ्रि एन्जल्स नेपालले जानकारी दिएको छ । सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका १ सय १० वटा संस्थाहरु मध्ये थ्रि एन्जल्स नेपाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

मानव बेचविखन विरुद्धमा थ्रि एञ्जल्स नेपालले सफलतापूर्वक कार्य गरेको इकोनोमिक टाईम नाउँ नामक अन्तर्राष्ट्रिय स्तरको म्यागेजिनले ठहर गरेको थियो । कार्यक्रममा थ्रि एन्जल्स नेपालका तर्फबाट संस्थाका प्रशासनिक सचिव विवेक शर्मा ढकाल, पर्वत थापा र रोशन प्रशाई मुम्बई पुग्नुभएको थियो । सो अवसरमा विश्वभरबाट सामाजिक क्षेत्रमा योगदान पुर्याउने संघ संस्थाहरुलाई विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।
भारतको होटल ताज ल्याण्ड एन्डसमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्र्तगत यूनाईटेड नेसन्स सष्टेनेवल डेभलपमेण्ट फण्डका प्रतिनिधि, विश्वभरका सरकारी तथा गैरसकारी क्षेत्रमा कार्यरत संघ संस्थाका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता थियो ।
यसैबीच एन जि ओ लीडरसिप अवार्ड प्राप्त गरेपछि संस्थाले आज विशेष कार्यक्रमकाे आयोजना गरी अवार्डको स्वागत गरेको छ । संस्थाको पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ नयागाउँस्थित प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा संस्थाका अध्यक्ष सारदा खत्री गौतम, सचिव गणेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डा राजेन्द्र गौतम, वित्त निर्देशक डा मदन थापा विभागीय प्रमुखहरु लगायतले उक्त अवार्ड ग्रहण गर्नुभयो । सो अवसरमा बोल्दै संस्थाका कार्यकारी निर्देशक डा गौतमले अवार्डले मानव बेचविखन मुक्त नेपाल निर्माणका लागि संस्थालाई ठूलो प्रेराणा मिलेको बताए।
थ्रि एन्जल्स नेपालले विभिन्न दातृ निकायको सहयोगबाट आफ्नो कार्य निकै कठिनाईपूर्वक गरिहेको र हजारौँ व्यक्तिहरुलाई बेचविखनको चपेटामा पर्नबाट जोगाउन यो पुरस्कार देशकै लागि गौरवको विषय भएको संस्थाका अध्यक्ष शारदा खत्री गौतमले बताए। सो अवसरमा संस्थाका सदस्य एवं कर्मचारीहरुबीच खुसीयाली साटासाट गरिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.