www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा कलेज गर्लको हाई डिमान्ड

पोखरा
अर्जुन गिरी ।

चार बर्ष अघि राज (नाम परिवर्तन) बाग्लुङ बस पार्कबाटै युवती लिएर ग्रामिण क्षेत्र तर्फ होमस्टेमा बस्न जान्थे । पोखरामा नाम कहलिएका व्यवसायी राज एक्लै होइन आफ्नो साथीहरुसँगै युवती लिएर गाउँतिर जाने गर्थे । सुरक्षाको दृष्टिकोणले सहज हुने भएकाले उनीहरुको रोजाइ गाउँ घर (होसस्टे) थियो ।

साथीहरु प्राइभेट कारमा अनि युवतीहरुलाई बाग्लुङ बस पार्कबाटै ट्याक्सीमा डाक्थे । घरपरिवारबाट मात्र होइन प्रहरीबाटै जोगिने उत्तम उपाय लगाउथे उनीहरु । तर २०७० पुुस २४ गते कास्कीले नयाँ एसपी बसन्तकुमार लामा पायो । राज र उनका साथीहरुका लागि तनाव सृजना भयो । एसपी लामाले बाग्लुङ बस पार्कमा दिनरात सिआरभी भ्यान राखेर यौन व्यवसायीलाई चौपट पारिदिए ।

Batas

त्यसपछि राजको गु्रपलाई निकै सकस भयो यौन प्यास मेटाउन । बाग्लुङ बस पार्कबाट सरेर केही युवती जिल्ला बाहिर गए । केही पोखरा क्षेत्रमै छिरलिए । सहजै पाइने युवती त्यस उप्रान्त पाउन गाह्रो भयो । हुन त सृजना चोक, पृथ्वीचोक बसपार्क, बगाले टोलमा केही होटलहरुमा युवती पाइन्थ्यो । तर युवती थोरै, रेट धेरै हुन थाल्यो ।

त्यसपछि राजको ग्रुपले एक साथीकै सहयोगमा कलेज गर्ल तिर उनीहरुको सम्पर्क बढ्यो । सुरक्षाको हिसाब र सेवाको हिसाबले पनि कलेज गर्लमा आफ्नो गु्रप रमाएको राजले शेयर गरे । ‘कलेज गर्लको विशेषता धेरै छ,’ उनले हाँस्दै सुनाए, ‘एक रातको १५ देखि २५ हजारसम्म लिन्छन् । जुन महंगो मानिन्छ तर फुल सेटिस्फाइड सर्भिस ।’

तीन चार वर्ष अघि १० देखि १५ हजारसम्म लिने गरेको उनले जानकारी दिए । ‘अहिले नयाँ आएका छन्,’ उनले भने, ‘यिनीहरुको बढ्दो डिमान्डले गर्दा पनि रेट बढेको हो ।’

विशेष गरि मझौला स्तरका व्यवसायीको पहिलो रोजाइमा कलेज गर्ल पर्ने गरेको राजले सुनाए । ‘कलेज गर्लसँग जो पायो त्यसैको पहँुच हुदैन,’ उनले भने, ‘उनीहरुलाई ल्याउने लाने झमेला पनि भएन, सुरक्षित हुने ।’
पोखरामा सामान्यतया मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्मका यौन व्यवसायी पाइन्छ । पेसा, सेवा र डिमान्डको आधारमा पाँच प्रकारका यौनकर्मी पोखरामा भेटिन्छन् । हामीले अनुसन्धान गरी यौनकर्मी र ग्राहकसँग गरेको कुराकानीको आधारमा तयार पारेको सामाग्री ।

१. रेस्टुरेन्ट गर्ल

— यस्तो युवती सजिलै पाइन्छ ।
— पोखराको विशेष गरि सृजना चोक, बगाले टोल जिरो किलोमिटर पृथ्वीचोकमा पाइन्छ ।
— केही रेस्टुरेन्ट यस्ता छन जहाँ खानेकुरा मेनुमा मात्र हुन्छ, त्यहाँ यौनकर्मी युवती पाइन्छ ।
— एकपटक यौन सम्पर्क गरेको ५ सयदेखि १ हजार रुपैयाँसम्म लिन्छन् ।
— वान नाइटको नेपालीलाई २ हजारदेखि ३ हजार रुपैयाँसम्म र विदेशीलाई ५ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइन्छ ।
— विदेशीमा पनि विशेष गरी इन्डियनबाहेक अरुको रोजाइमा रेस्टुरेन्ट गर्ल कमै पर्छन् । रेस्टुरेन्ट गर्ल प्राय आफंै घर भाडा लिएर बस्दैनन् ।
— यिनीहरु सजिलै जुन ठाँउमा पनि सेवा दिन पुग्छन् ।
— विशेष गरि ट्याक्सी चालकले यिनीहरुको विचौलियाको काम गर्छन् ।
— एउटा जिल्लामा यिनीहरु धेरै भए २ बर्षसम्म मात्र बस्छन् ।

२. कल गर्ल
— रेस्टुरेष्ट गर्ल भन्दा एक स्टेप स्तरिय मानिन्छ कल गर्ल ।
— यिनीहरु फोन सम्पर्कबाट सजिलै आउने गर्छन् ।
— यिनीहरु यौन सम्पर्क बाहेक पार्टीमा पनि उतिकै रमाउँछन् ।
— व्यवसायीहरु यस्तो प्रकारको युवतीलाई पार्टीमा बोलाउँछन् ।
— यिनीहरु आफुलाई पूर्ण यौन व्यवसायी मान्दैनन् ।
— उनीहरु यौन व्यवसायी भन्दा पनि राति कम्पनी दिने भन्दै यौन चाहना पूरा गरि रकम लिने गर्छन् ।
— यिनीहरु आफूलाई मोर्डन टाइपको युवती भन्न रुचाउँछन् ।
— यिनीहरुको फिक्स रेट हँुदैन ।
— यिनीहरु दिनमा सजिलै भेटिदैनन् ।
— एक रात कम्पनी दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि १० हजार रुपैयाँ दिन्छन् ।
— यिनीहरु नर्मल होटलमा रात बिताउन मान्दैनन्, राम्रै होटल खोज्छन् ।
— नर्मल होटल भन्दा बरु गाडीमै रात बिताउन तयार हुन्छन् ।
— यिनीहरु प्राय सांगीतिक कार्यक्रममा भेटिन्छन् ।
—आफ्नै उमेर समूहकासँग बस्न रुचाउँछन् ।
–यिनीहरु प्राय जिल्ला बाहिरका हुन्छन् ।

३. कलेज गर्ल
—पोखरामा अहिले सबै भन्दा धेरै डिमान्ड भएको युवतीमा कलेज गर्ल पर्छन् ।
—यिनीहरु प्राय कलेजमै पढ्ने हुन्छन् ।
—यिनीहरु पनि प्राय जिल्ला बाहिरकै हुन्छन् ।
—यसमा विशेष गरी ब्याचलर लेभलका विद्यार्थी हुन्छन् ।
—दुई तीन बर्ष अघि एक्लै सेवा दिन्थे, अहिले समूहमै हिड्ने गर्छन् ।
—यिनीहरु प्राय आफ्नो साधनमा आउँछन् ।
—यिनीहरु ग्राहकको उमेर समूह हेर्दैनन ।
—एक रातको १५देखि २५ हजार रुपैयाँसम्म लिन्छन् ।
—एक रातमा ३ पटकभन्दा बढी यौन सम्पर्क गरेको अलग्गै चार्ज लिन्छन ।
—यिनीहरु ग्राहकलाई सेवा दिन भन्दा अघि रकम लिन्छन् ।
—होटल भन्दा पनि घर र आफ्नो डेरा यिनीहरुको रोजाई हुन्छ ।
—यिनीहरु भर पर्दो मात्र नभएर मेकअपमा धेरै खर्च गर्ने हुँदा यिनीहरुको शुल्क चर्को भएको हो ।
—क्याम्पस बिदा नपरेको दिन स्कुटरमा क्याम्पसको डे«स लिएर राति ७–८ बजे ग्राहककहाँ पुग्छन् ।

४. होटल गर्ल
—यिनीहरु प्राय होटलमा काम गर्ने युवतीहरु हुन्छन् ।
—यिनीहरुको मुख्य केन्द्र लेकसाइड हो ।
—कार्यक्रममा जाने ग्राहक फकाउने यिनीहरुको योजना हुन्छ ।
—प्राय यिनीहरु रमाइलो गर्न हिँडे जस्तो गर्छन् तर उद्देश्य ग्राहक बनाउने नै हो ।
—यिनीहरु यौन व्यवसायमा लागेको छ भनेर आफ्नै मिल्ने साथी र परिवालाई पनि थाहा हुँदैन ।
—यिनीहरु कास्की जिल्ला बाहिरकै हुन्छन् ।
—यिनीहरु अलि स्यान्डर्ड पारा देखाउँछन् तर परिवारको आर्थिक स्थिति भने कमजोर हुन्छ । —राति निस्कन सजिलो हुन्छ भनेर यिनीहरु प्राय होटलमा नाइट ड्युटी गर्छन् ।
—यिनीहरु सबैसँग राम्रो व्यवहार गरेर भ्रम कायम राख्न निकै सिपालु हुन्छन् ।
—यिनीहरु गेटअप गर्ने र महँगो फ्ल्याट भाडामा लिई उच्च परिवारको भने जस्तो सो अप गर्छन् ।
—यिनीहरुको होटलबाट आउने मासिक तलबभन्दा घर भाडा महँगो हुन्छ ।
—यिनीहरु धेरै पढेका हुँदैनन् तर लेकसाइड बसेको हुनाले अलि–अलि अंग्रेजी जान्ने हुन्छन् । —यिनीहरुको रोजाइ भनेको कि विदेशी या कारवाला ग्राहक हुन्छ ।
—रेस्टुरेन्ट र बार अनि डिस्कोमा जाने विदेशीहरुलाई यिनीहरु पहिला लक्षित गर्ने गर्छन् ।
— विदेशी त्यो पनि गोरा छालावाला मात्र रुचाउँछन् । इन्डियन, पाकिस्तानी र बंगलादेशीहरु भने होटल गर्लको रोजाइमा पर्दैनन् ।
—यिनीहरु विदेशी गोराहरुसँग प्राकृतिक, अप्राकृतिक यौनासनमा रमाउँछन् । पाएसम्म बिहे गर्ने गरी रिलेसनसिपमा बस्छन् नत्र पैसामात्रै लिन्छन् ।
—यिनीहरु प्रायः नगदभन्दा पनि गर्लफ्रेन्डको रुपमा ल्याप्टप, महँगो फोन, आइफोन डिमान्ड गर्छन् । केही ग्राहकले त यिनीहरुलाई आफ्नो एटिएम समेत दिन्छन् ।

५. सेलिब्रेटी गर्ल
—यिनीहरु हाई प्रोफाइल भएका युवतीमध्ये पर्छन् ।
—कुनै न कुनै पेसा, व्यवसाय र कामबाट आफ्नो पहिचान बनाउन सफल भएका हुन्छन् ।
—यिनीहरुलाई प्रायः धेरै मान्छेले यौन व्यवसाय गर्छ भनेर चिन्छन् तर बोल्न सक्दैनन् ।
—यिनीहरुको नाम, बोली, फोटो पनि बिक्छ ।
—यिनीहरु पोखरामा आफ्नो ग्राहकलाई एक्लै भेट्दैनन् ।
—कुनै कार्यक्रम वा सार्वजनिक समारोहमा औपचारिक रुपमा भेट भयो भने ग्राहकसँग त्यतिबेला मुस्कानले मात्र संवाद गर्छन् ।
—यिनीहरु ग्राहकसँग प्रायः काठमाडौं र विदेशमा भेट्छन् ।
—धनाढ्य व्यक्ति, ठूला व्यवसायी, उच्च पदका सेना, प्रहरी, उच्च पदस्थ कर्मचारी र डनले मात्रै सेलिब्रेटी गर्ललाई सम्पर्कमा ल्याउन सक्छन् ।
—यिनीहरु कहिलेकाहीँ भब्य पार्टीमा मदिराले मात्तिएका बेला ‘हाम्रो लेभलको कुनै मान्छे छैन’ भन्दै धाक लगाउने गर्छन् ।
— ग्राहकहरु हेरेर एक रातको एक लाख रुपैयाँभन्दा बढी लिन्छन् ।
—यिनीहरु विदेशमा या काठमाडांैको ठूलो होटलमा मात्र ग्राहकलाई सेवा दिने गर्छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.