पोखरा
ताण्डव संवाददाता ।
चिकित्सकको लापरवाहीले आफ्नो दृष्टि गुमाएकी ‘मोटिभेसन स्पिकर’ सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ‘ब्लाइन्ड रक्स’ नेपालमा प्रदर्शनका लागि तयार भएको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्म प्रदर्शन तयारीबारे जानकारी गराइएको हो ।
‘हङकङ, मकाउ लगायतका देशमा फिल्म प्रदर्शन भइरहेका छन् । दर्शकको प्रतिक्रिया निकै राम्रो पाएका छौं ।यस प्रतिक्रियाबाट बायोपिक फिल्म निर्देशन गर्ने हौसला मिलेको छ’ निर्देशक मिलन चाम्सले भने । याम थापा र सुमन उप्रेतीद्धारा लिखित फिल्मलाई निकेश लिम्बुले निर्माण गरेका हुन् ।

बेनिशा हमाल सृष्टिको भुमिकामा देखिएकि छिन् । ‘फिल्मकै लागि मैले आफ्नो तौल घटाए । ब्लाइन्ड जस्तै भएर आफैं वर्कआउट पनि गरें । बयोपिक क्यारेक्टर मेरा लागि चुनौती र अवसर दुवै थियो’ बेनिशाले भनिन् ।
बेनिशाका अलवा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, बसन्त भट्ट लगायतको अभिनय रहेको छ ।
फिल्म फागुन १८ गते रिलिज हुनेछ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.