www.tandavnews.com
Fact ~ In search of truth

पोखराको ट्राफिक जाम हटाउन कानुनमन्त्री चुमानको निर्देशन

पोखरा

आन्तरीक मामीला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पोखराको ट्राफिक जाम हटाउने योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार पोखरामा कास्की जिल्लामा रहेका बिभिन्न प्रहरी प्रमुख तथा प्रदेश प्रमुख सहितको सुरक्षा ब्रिफिङमा मन्त्री चुमानले तत्काल जनताले राहत महसुश गर्ने खालका सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई र्निदेशन दिएका हुन । पोखरामा अहिले बढी रहेको ट्राफिक जामलाई कम गर्ने आवस्यक पर्ने निति अबलम्वन गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्दे उनले सो सम्बन्धी काम सुरु गर्ने भनेका हुन ।

Batas

मन्त्री चुमानले अहिले केन्द्र र प्रदेश सरकार सञ्चालनको बीचमा रहेको संक्रमणकालिन समयको सकारात्मक प्रयोग गरी परिणाम निकाल्न तिर सबैको ध्यान जान आवस्यक रहेको बताए । ‘अन्यौलता छ भनेर आराम गर्ने होईन, प्रदेशलाई गति दिने र जनचाहना अनुसारको परिणाम निकाल्न तिर ध्यान दिनुपर्छ,’ उलने भने, ‘संघीयता कार्यान्वयन अहिलेको मुख्य बिषय भएकाले प्रहरी पनि अहिलेको प्रचलित नति र कानुन अनुसार परिमार्जन हुन आवश्यक छ ।’

प्रदेश नं ४ का प्रहरी प्रमुख कमल सिंह बमले प्रदेश ४ मा करिव ५ हजार प्रहरी अभाव हुने बताए । अहिलेको अवस्थामा पनि करिब १ हजार प्रहरी दरबन्दी भन्दा कम भएको भन्दै उनले संघीयताको मागको सिद्धान्त अनुसार ५ हजार प्रहरी बिभिन्न दर्जामा भर्ना गर्न आवस्यक रहेको प्रतिवेदन पेश गरेका थिए । प्रदेश ४ अपराध अनुसन्धानका लागि त्यति जोखिम प्रदेश नभएपनि अन्य जिल्लाको तुलानामा कास्कीमा अत्याधिक अपराधका घटना हुने बमले जानकारी दिए ।

२० लाख ९२ हजार १ सय ५३ जनसंख्या रहेको ४ नम्बर प्रदेशमा हाल ६ हजार २ सय ९५ प्रहरीको दरबन्दी छ । कार्यरत प्रहरीको संख्या ५ हजार ४ सय २८ छ । अब ११ हजारको संख्यामा प्रहरी दरबन्दी पु¥याउन आवश्यक रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरीको अपराध अनुसन्धानका लागि आवस्यक प्रविधिको अभाव, प्रहरी चौकी समेत नहुनु जस्ता कुराले प्रदेश प्रहरीले सोचेजस्तो हाँैसला नपाएको भन्दै त्यस तर्फ ध्यान दिन प्रहरीले अनुरोध गरेको छ । हाल १ सय ९ प्रहरी ईकाइहरु भाँडामा बस्दै आएको बताईएको छ । त्यसैगरि सवारी साधनकोे पनि अभाव रहेको सो अवसरमा जानकारी गराईयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.