www.tandavnews.com
Fact ~ In search of truth

महानगरले रोक्यो फिर्के खोला अतिक्रमणको काम

पोखरा
ताण्डव संवाददाता

फिर्के खोला अतिक्रमण गरि पर्खाल निर्माण गरेको पाइएपछि पोखरा महानगरपालिकाले तुरुन्त रोक्न निर्देशन दिएको छ । छुट्टाएको बजेटको दुरुपयोग गर्दै फिर्के खोला अतिक्रमण गरेको गुनासो अएपछि मंगरबार साँझ महानगरपालिको टोली स्थलगत निरिक्षण गर्न पुगेका थिए ।

टोलीले मापदण्ड विपरित काम भएको पाएपछि रोक्न निर्देशन गरेको हो । महानगरपालिका काकार्यकारी अधिकृत दिर्घनारायण पौडेल, वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्ले, इन्जिनियर सुरेन्द्र पौडेल, पोखरा–५ का वडा अध्यक्ष धनबहादुर नेपाली, ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायतको टोलीले स्थलगत निरिक्षणको लागि पुगेका थिए ।

Batas

सोपाल तमु समाजले खोला संरक्षण गर्ने नाममा उल्टो अतिक्रमण गरेको भन्दै राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले अख्तियार दूरुपयोग अनुसन्धान कार्यालयमा मौखिक उजुरी र महानगरपालिकामा समेत जानकारी गराएपछि टोली अनुगमनको लागि खटिएको थियो ।

निरिक्षण गर्दा काम ठिक नलागेपछि रोक्न निर्देशन दिएको महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले बताए । ‘हामीले पुल र फिर्केको संरक्षणको लागि बजेट दिएको हो,’ उनले भने, ‘अब महानगरपालिकाले नभने सम्म कुनै काम हँुदैन् ।’

फिर्के खोलामाथी पुल र नदी संरक्षण गर्ने भन्दै महानगरपालिकाबाट बजेट मागेर उल्टो सोपाल तमु समाजले खोलामै पिल्लर हालेर पर्खाल निर्माण गरेको हो ।

पोखरा महानगरपालिकाले पुल र फिर्के खोलाको संरक्षणको लागि ८ लाख १९ हजार ३ सय २१ रुपैया बजेट छुट्याएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.