पोखरा, २९ माघ
प्रदेश चारका एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ ।

मुख्यमन्त्री गुरुङले बुधबार सपथ लिनेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.