www.tandavnews.com
Fact ~ In search of truth

यसरी मनाउन थालियो ‘भ्यालेन्टाइन डे’

पश्चिमा संस्कृति भएपनि नेपालमा भ्यालेन्टाइन डे मनाउन चलन पूरानै हो ।

अरु दिन मनको कुरा भन्न नसके पनि यस दिन प्रेमप्रस्ताव राख्ने चलन छ । १४ फेब्रअरीलाई प्रेमप्रेमिकाको रोमान्टिक दिनको रुपमा पनि लिने गर्दछन् ।

यस दिनलाई दिवसको रुपमा संसारका युवायुवतीले मनभित्रको पर्खाल भत्काएर दुई मुटुलाई एक गराई सुन्दर संसारको परिकल्पना गर्छन् । यस दिन विशेष गरी पार्क, मन्दिरमा युवायुवतीहरुको प्रेम साट्दै बसेको अवस्थामा भेटिन्छन् ।

Batas

भ्यालेन्टाइन डेका लागि आफ्नो प्रेमीलाई दिने उपहार किन्नका लागि पोखराका विभिन्न गिफ्ट सेन्टरमा युवायुवतीहरुको चहलपहल एकदुई दिनअघिबाट नै देखिएको छ । वर्ष नै मायाको उत्सवको रुपमा मनाइदै आएको भ्यालेन्टाइन डेको सुरुआत कसरी भयो भन्ने धेरै मायालु जोडी अनविज्ञ छन् ।

इसार्पूव २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए ।

तर, पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा यस दिन भ्यालेन्र्टाईन डे को रुपमा मनाइँदै आएको इतिहास छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.