www.tandavnews.com
Fact ~ In search of truth

अचानक बसमा आगो लागेपछि…

ताण्डव संवाददाता

पोखरा लेखनाथ–१४ मझेरिपाटनमा अचानक बसमा आगो लागेको छ ।

पार्किङ गरि राखेको ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि वडा प्रहरी कार्यालय रामबजारबाट तत्काल प्रहरी टोली घटना स्थलमा पुग्यो । प्रहरीले स्थानीयको सहयोगमा आगाे निभाए ।

आगजनीका कारण बस भित्रकाे सिट पूर्ण क्षती भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपक केसीले ताण्डव न्यूजलाई बताए ।

घटना आज बिहान ४ बजेतिरको हो,’ उनले भने, ‘बसको भित्र इन्जिनमा सट भएको हुनु पर्छ ।’ बिहान ४ बजेतिर एक्कासी बसको हर्न आफै बजेपछि नजिकैका स्थानीय बाहिर निस्किए ।

त्यसपछि बसबाट भित्र आगो लागेको धुँवाको मुस्लो देखेपछि प्रहरीकहाँ खबर गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.