www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्याराग्लाइडिङबाट खसेर भारतीय पाइलटको मृत्यु

ताण्डव संवाददाता

प्याराग्लाइडिङबाट खसेर भारतीय पाइटलको मृत्यु भएको छ ।

भारत कर्नाटकका शिवराजुमणि अप्पा प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा फेवा तालमा खसेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख इन्स्पेक्टर बसन्त कुमार शर्माले बताए । ‘भारतमा पनि प्याराग्लाइडिङ पाइलट रहेछन्,’ उनले भने, ‘उसँग आवश्यक कागजात सबै छ ।’

Batas

५४ वर्षीय अप्पा मायादेवी ल्याण्डिङ साइडमा ल्याण्ड गर्ने क्रममा तालमा खसेका थिए । तालमा छट्पटाएको देखेपछि शिव जलारीले उनको उद्धार गरेका थिए ।

त्यसलगत्तै प्रहरीलाई खबर गरियो । अप्पालाई उपचारको लागि मेट्रो सिटी पुराउने क्रममा मृत्यु भएको इन्स्पेक्टर शर्माले बताए । ‘पेट ढाडिएको थियो,’ उनले भने, ‘आत्तिएर डुबे होला, पानी खाएर मृत्यु भएको देखियो ।’

अप्पाको उडान लाईसेन्स रहेको शर्माले बताए । ‘३ जनवरी २०१९ सम्म अवधि रहेछ लाइसेन्सको,’ उनले भने, ‘नेपालमा मिलाउनु पर्ने सबै कागजात ठिक छ ।’ उनलाई कागजात पत्रको लागि ब्लूस्काई प्याराग्लाइडिङले सहयोग गरेको शर्माले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.