पोखरा
ताण्डव संवाददाता ।
मेट्स ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेस पोखराद्धारा सेमिनार सम्पन्न भएको छ । शनिबार सम्पन्न सेमिनारमा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अष्ट्रेलियन कलेजका नेपालका लागि मार्केटिङ म्यानेजर राजु पौडेले विद्यार्थीलाई परामर्श दिएका हुन् । सेमिनारमानर्सिङ कलेजसँग सम्बन्धित विषयगत जिज्ञासा एवं अष्टे«लियाको बसाई र अध्ययनको बारेमा जानकारीदिइएको थियो ।

कार्यक्रममा विद्यार्थीलाई अष्टे«लियामा हुने शिक्षाको बारेमा जानकारी दिएको शाखाकी अपरेटिङ डाइरेक्टर मनिषा पौडेलले बताइन् । ‘विशेष गरि इन्ष्टिच्यूट अफ हेल्थ एण्ड नर्सिङ अष्ट्रेलिया कलेजमा नर्सिङ विषय लिई अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई केन्द्रीत रहेको थियो,’ उनले भनिन्, ‘सेमिनार विद्यार्थीको लागि निकै उपलब्धीमूलक रह्यो ।’
अष्टे«लिया स्थित ब्रिस ब्यान सिटीमा मुख्य कार्यालय रहेर सेवा प्रदान गर्दै आईरहेको मेट्स एजुकेशनको काठमाण्डौंमा २, पोखरामा १, चितवनमा १, पर्सामा १, बुटवलमा १ गरी नेपालमा ६ वटा शाखाबाट अष्टे«लियाको अध्ययन सम्बन्धि विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । भने अष्टे«लियामा ४ वटा शाखा रहेका छन् ।
मेट्स ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेस पोखरा शाखामा आईएलटिएस पढ्नका लागि शाखाले हाल बिहान १० देखि दिउँसो ४ बजेसम्मको समयमा विद्यार्थीको अनुकुलता अनुसारटेस्ट प्रिपेरेशन कक्षा संचालन गर्दै आईरहेको छ ।
सन् २००७ मा अष्टे«लिया र काठमाण्डौंबाट एकसाथ सेवा विस्तार गरेको मेट्स एजुकेशनले हालसम्मको दश हजार बढी नेपाली विद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको पोखरा शाखाका प्रमुख क्षेत्रीले बताए ।
मेट्सले पोखरा न्यूरोड स्थित एन.एम.बी बैंक रहेको भवनको दोस्रो तलाबाट सेवा संचालन गर्दै आईरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.