www.tandavnews.com
Fact ~ In search of truth

गैरजिम्मेवार महानगर : उदासीन मेयर

पोखरा
ताण्डव संवाददाता ।

पोखरा महानगरपालिकाको गैरजिम्मेवारी र मेयरको उदासीन व्यवहारले गर्दा सार्वजनिक जग्गामा भवन बनेको छ ।

अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गरेको भन्दै वडा नं. २७ का स्थानीयबासीले पटक पटक महानगरका मेयर मानबहादुर जिसीसमक्ष मौखिक तथा लिखित उजुरी दिदाँ समेत भवन बनेको हो ।

Batas

प्रदेश तथा प्रतिनिधि सभाको चुनावको माहोल छोपेर भवन निर्माण गर्न सुरु गरियो । पोखरा २७ तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको १ रोपनी ३ आना सार्वजनिक जग्गामा भवन निर्माणका लागि विश्वकर्मा समाजले झाडी पन्छाएर तारबार लगाउँदा देखि नै स्थानीय आमा समूह, टोल विकास संस्था र युवा क्लबले सार्वजनिक सम्पत्तिमा कुनै एउटा समुदायको स्वार्थ पूर्ति हुने गरि भवन बन्न नहुने सार्वजनिक जग्गालाई बहुउपयोगि बनाउनु पर्ने माग राख्दै वडा नम्बर २७ को कार्यालयमा वडाध्यक्ष पूर्णकुमार गुरुङ समक्ष भवन निर्माण रोक्न उजुरी दर्ता गराए ।

उजुरी दर्ता भएसँगै वडाध्यक्षले निर्माण कार्य रोक्ने आश्वासन दिए । रातको समयमा मौका छोपेर विश्वकर्मा समाजले भवन निर्माण बनाइ छाड्यो । ट्रस हालिसकेको समय थियो । तीन पट्टीको ब्लकको गारो समेत ठडियो तर स्थानिय प्रसाशन मौन रह्यो ।

स्थानीय बासिन्दा आक्रोश पोख्न वडा कार्यालय २७ को प्रशासनिक काम नै रोक्ने गरी ०७४ पुस १७ गते वडाध्यक्षको कार्यालय तालाबन्दी नै गरे ।

तालाबन्दी गरेको भोली पल्ट नै महानगर कार्यालयमा मेयर मानबहादुर जिसीले स्थानीयबासी र वडाध्यक्ष सहितको बैठकमा नगर प्रहरीलाई मौखिक निर्देशन दिए । नगरी प्रहरी भवन बनेको स्थानमै पुगेर काम गरिरहेका मजदुरलाई काम नगर्न निर्देशन दिए । तर समस्याकाे समाधान भने भएन ।

पुनः केही समय पछि विश्वकर्मा समाजले दिन बिराउँदै भवन निर्माण गर्न सुरु गरे । स्थानीयबासी सार्वजनिक जग्गाको दोहन रोक्न पर्यो भन्दै गुहार्न महानगर आइपुगे तर पुरानै पारामा मेयरको आश्वासन मात्र पाएका स्थानीयबासीको माग पूरा भएन । भवन बनाएर सकिन्न लाग्यो अब प्लाष्टर मात्र बाँकी छ ।

सार्वजनिक जग्गाको अनधिकृत रुपमा दोहन हुँदा समेत पटक पटक सचेत गराउँदा महानगरले चासो नदिदाँ मेयरले दिएको आश्वासन प्रति पनि गम्भिर शंका उब्जिएको स्थानीयबासी बताउँछन् ।

राज्यले सार्वजनिक ठाउँमा कुनै पनि संघसंस्थाको भवन निर्माण नगर्न निर्देशन दिएको छ ।

बारम्बार स्थानीयबासी नै सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्यो भन्दै महानगर र वडा कार्यालय धाउँदा समेत चासो नदेखिएकाले स्थानीय तहका जनप्रतिनिधिको कार्यक्षमता कमजोर देखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.