www.tandavnews.com
Fact ~ In search of truth

विजयपुरमा बम राख्नेको पहिचान खुल्यो

पोखरा
ताण्डव संवाददाता ।

विजयपुरमा बम राख्नेहरुको पहिचान खुलेको छ । बम राखेर भागेका ब्यक्तिहरु सिसि क्यामरामा कैद भएका थिए ।

मोटरसाइकलमा आएर झोलासहित बम राखेर उनिहरु भागेका थिए ।  ‘हामीले सिसि क्यामराको माध्यमबाट बम राख्नेहरुको अनुहार प्रस्ट चिनेका छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी अशोक सिंहले भने ‘उनिहरुलाई छिट्टै पक्रनेछौं ।’

Batas

विप्लव नेतृत्वको नेकपाले मंगलबार आयोजना गरेको नेपाल बन्दकै दिन पोखराको विजयपुरमा बम विस्फोट भएको थियो ।

विस्फोटमा परी गण्डकी टेलिभिजनका संवाददाता घनश्याम पाण्डेय र जिल्ला प्रहरी कार्यालय कास्कीका जवान तुल बहादुर खत्री घाइते भएका छन् । दुवैको घाँटीमा चोट लागेको छ ।घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरी कार्यालय कास्कीका एसपी अशोक सिंहले ताण्डव न्यूजलाई बताए ।

विजयपुर पुल छेउमा शंकास्पद वस्तु देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेपनि टोली घटनास्थल पुग्नुअघि नै बम विस्फोट भएको हो ।

घाइते भएका पत्रकार घनश्याम पाण्डेय

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.