पोखरा
थिएटरमा बसेर नाटक हेर्न पाउँदा उत्साहित बनेका पोखरेली नाट्यप्रेमीको सर्पोटका कारण पोखराको नाट्य क्षेत्र पुनः जागेको छ । नाटक हेर्ने दर्शकले अपेक्षा गरेको भन्दा बढी सन्तुष्टी प्राप्त गर्दा नाटकप्रतिको दृष्टिकोणमा सकारात्मक प्रभाव पा¥यो ।
पोखरा थियटरद्धारा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ फागुन २ देखि फागुन १५ गते सम्म मञ्चन भयो ।

नाटक हेर्न पुगेका केहि दर्शकले कलाकार तथा थिएटरले गरेको मेहनत देखि प्रफुल्लित हुँदै पुरस्कार स्वरुप नगद रकम दिए । सामाजिक सञ्जाल मार्फत नाटक हेर्न अनुरोध गर्ने दर्शकको संख्या उस्तै देखियो । फलस्वरुप पछिल्ला सो मा नाट्यप्रेमीको भिड बढ्दै गयो । अन्तिम सो मा दर्शक नअटेपछि केहि दर्शक नाटक नहेरी फर्कन बाध्य भए ।
यो सँगै पोखरा थिएटरको शुभारम्भको अवसरमा मञ्चन गरिएको नाटक सिरुमारानीको मञ्चन कार्य सकिएको छ । पहिलो नाटकबाट प्राप्त सर्पोटले उत्साहित बनेका थिएटर सञ्चालकको पहलमा आगामी चैत्र ८ र ९ गते थाङ्ला तथा चैत्र १० र ११ गते एन्टिगोनी नाटक मञ्चन गर्ने तयारी सुरु गरिएको छ ।
साथै विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत्र १३ देखि १५ गतेसम्म तीन दिने नाटक महोत्सवको आयोजना समेत पोखरा थिटरमा हुनेछ । नाटक सिरुमारानीलाई पुनः दर्शकमाझ देखाउने योजना समेत थिएटरले बनाएको थिएटर अध्यक्ष परिवर्तन कार्कीले जनाए ।
नाटकमा कथावाचक वृद्धको रुपमा लक्ष्मण डुम्रे र कथावाचक वृद्धाका रुपमा बबिता मल्ल ठकुरीले आफ्नो अभिनयकला देखाए । उनीहरुको प्रस्ुततिमा जीवन्तता थियो । १८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङ माछेको भुमिकामा देखिदै कथालाई न्यााय गरे ।
सिरुको भुमिकामा देखिएकी सिमा गुरुङले नाटकलाई ओजदार बनाउन कडा मेहनत दर्शकको लागि रुचिकर बन्यो । राजाको भुमिकमा देखिएका पोखरेली नाट्य क्षेत्रका एक हस्ती प्रकाश घिमिरेको युवा जोश नाटकको आर्कषण थप्ने अर्को पाटो बनेको छ ।
युवराजको भुमिकामा देखिएका विष्णु गौतमले आफ्नो अभिनयमा निखारता प्रदान गर्दै दर्शकको ध्यान खिच्न सफल बनेका छन् ।
ढाक्रे तथा महामन्त्रीको भुमिकामा देखिएका दिल प्रसाद गुरुङ, सेनापतीको भुमिकामा देखिएका रमेशबाबु तिमल्सिना, राधादासी बन्दै अभिनयमा भविष्य खोजिरहेकी अन्जू दाहाल, सुन्दरी बनेकी प्रसूना भण्डारी, गोरेको भुमिकामा देखिएका अनि अभिनय र निर्देशनमा रुचि राख्ने सचिन गिरी, सैनीकको भुमिका निभाउदै साहित्य र कलालाई जीवनको एउटा पाटो सम्झने शरद भण्डारी र सूर्य सुवेदी, द्धारे सैनिक ध्रुव पौडेल, ब्रम्हर्षी अविराज बिसी, सहेलीको भुमिकामा देखिएदै भविष्यमा सफल कलाकार बन्ने उद्धेश्य राखेकी सम्झना सिर्पाली, राज गुरु बन्दै एक सफल थिएटर कलाकार बन्ने लक्ष्य लिएका विश्वराज पौडेल, बालकलाकारको रुपमा देखिएका सौरभ र सिञ्जल भट्टराईको अभिनय उत्कृष्ट थियो ।
धनबहादुर गायक र सागर खातीको वाजाको धुन, दिवेश लामिछानेको प्रकाश परिचालन अनि नाटकमा प्रयोग गरिएको गीतसंगीतले पोखरेली रगंमञ्चलाई माया गर्नेहरुको नाट्य तृष्णा मेटाउने थप खुराक बन्न पुग्यो । झण्डै दूई घण्टा समय बितेको दर्शलाई पत्तै भएन ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा निर्देशनको जिम्मा सोमनाथ खनालले कुशलतापुर्वक निभाए भने थियटरका अध्यक्ष परिवर्तनको संयोजन उत्कृष्ट देखियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.