www.tandavnews.com
Fact ~ In search of truth

दमकलको दुरुपयोग गर्दै महानगर

पोखरा 
ताण्डव संवाददाता

आगोलागी हुँदा नभई नहुने दमकल सडकको ढल सफाईमा पानी हाल्न प्रयोग भएको छ । आइतबार ताण्डव न्यूज सिद्धार्थचोकमा पुग्दा दमकलको पानीले धमाधम ढल सफाई गरिएको थियो । पोखरा–लेखनाथ महानगरबाट रकम छुट्याएर निर्माण गर्न लागिएको ढलमा महानगरले नै दमकलको प्रयोग गरेर दुरुपयोग गरेको हो ।

सोही ढल निर्माणका लागि महानगरबाट खएिका जुनियर इन्जिनियर प्रकाश वाग्लेले ट्याकरले सफा गर्न नमिल्ने भएको हुनाले दमकलको प्रयोग गरेको बताए । ‘थन्किएर बसेको दमकललाई प्रयोगमा ल्याइएको मात्र हो,’ उनले भने, ‘महानगरकै दमकल महानगरकै कामको लागि प्रयोग गरिएको हो ।’

Batas

रड भित्रको माटो र क्वालिटी कामको लागि दमकलको पानी उपयुक्त हुने भएकोले प्रयोगमा ल्याइएको उनले बताए । ‘भित्रै देखिको फोहोर निकाल्नको लागि ट्याकंरको पानीले हुँदैन् । दमकलको पानी फ्रोर्स हुँदा छिटो सफा हुन्छ,’ उनले भने, ‘इर्मेन्जेसी काममा प्रयोग गरिएको हो, दुरुपयोग गरिएको होइन् ।’

यस विषयमा वडा– ४ का अध्यक्ष शंकरप्रसाद बाँस्तोलासँग बुझ्न खोज्दा संवेदनशिल ठाउँमा संवेदनशिल काम छिटो गर्नुपरेकोले दमकलको प्रयोग गरेको प्रतिक्रिया दिए । ‘कामको आवश्यकता हेरेर दमकलको प्रयोग गरिएको हो,’ उनले भने, ‘सार्वजानिक कामको लागि दमकलको प्रयोग गर्दा फरक पर्छ जस्तो लाग्दैन् । सार्वजानिक कामको लागि सार्वजानिक सम्पत्तिको प्रयोग गरिएको हो ।’

व्यक्तिको कामको लागि भन्दा पनि सार्वजानिक काममा प्रयोग गरेको उनले सुनाए । सार्वजानिक महत्वका काममा प्रयोग गर्दा अप्ठेरो पर्छ जस्तो लाग्दैन ।’ बजारमा थुप्रै पानीको ट्याङकरहरु भएपनि ढलमा दमकलको पानी प्रयोग गर्नु उपयुक्त होला त ? ‘ट्याकरका पानीको कम फोर्सले सफाईमा ढिला हुने भएकोले छिटो गर्नको लागि दमकल प्रयोग गरिएको हो,’ बास्तोलाले सहज उत्तर दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.