www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ग्याङ-ग्याङबीच ज्यान मार्ने खेल

पोखरा
ताण्डव संवाददाता

पछिल्लो समय टोले गुन्डाहरुको अखडा बनेको तनहुँमा ग्याङ ग्याङ बीच ज्यान मार्ने खेल सुरु भएको छ । दुई समूहबीच सानोतिनो झडप हुनु सामान्य थियो । तनहुँमा पछिल्लो समय एउटाले अर्को समूहलाई सिध्याउन योजना नै बनाएर आक्रमण गर्न सुरु गरेका छन् ।

दुई साता अघि तनहुँको म्याग्दे गाउँपालिका थर्पुमा एउटा टोले गुन्डाको समूहले अर्को टोले गुन्डाको समूहमाथी आक्रमण गर्यो । शुक्लागण्डकी–५ का सञ्जु भुजेल र सञ्जिव राईलाई अर्को समूहका युवाहरुले खुकुरी प्रहार गरेका हुन् । तनहुँ प्रहरीले खुकुरी प्रहार गर्ने मुख्य योजनाकार शुक्लगण्डकी–४ दुलेगौडाका मिलन पौडेल पक्राउ गरेको छ । पौडेल, विकास नेपाली, मनोज लामिछाने लागयत १५ जनाको विरुद्धमा किटानी जाहेरी परेकोे छ । योजनाकार पौडेललाई केही दिन अघि तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

Batas

दमैलीबाट आउँदै गर्दा बाटोमा छेकेर ति युवाहरुले उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राई र भुजेल गम्भिर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेश जोशीका अनुसार दुबै पक्षका युवाहरु अपराधीक क्रियाकलापमा सक्रिय रहेको ताण्डव न्यूजलाई बताए ।

पहिला एउटै ग्याङमा हिड्ने युवाहरु ग्याङ फुटेपछि रिसिइबीका कारण एउटा ग्याङले अर्को ग्याङलाई आक्रमण गर्न थालेका हुन् । ‘दुबै युवा समूह पहिला एकैसाथ हिड्थें,’ उनले भने, ‘समूह फुटेपछि रिसिइबीको कारण यस्तो घटना भएको हो ।’

घटनामा संलग्न एक जना पक्राउ परेको एसपी जोशीले बताए । ‘एक जना मुख्य पक्राउ परेका छन्,’ उनले भने, ‘अन्यको खोजी कार्य भईरहेको छ, छिट्टै समात्ने छौं ।’

पछिल्लो समय तनहुँमा प्रदेश नम्बर ४ को अन्य जिल्लाहरुको तुलनामा अपराधिक घटना धेरै हुने गरेको विवरण छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.