www.tandavnews.com
Fact ~ In search of truth

सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ(रासस)

नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

Batas

उहाँले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो ।

केही बेरअघि नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो भने माओवादी केन्द्रका नेता देव गुरुङको समर्थन गर्नुभएको थियो ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मका लागि समय सूचित गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.