www.tandavnews.com
Fact ~ In search of truth

नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थलः मुख्यमन्त्री पोखरेल

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् ।

Batas

उनले भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रीस्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात गर्दै जुनसुकै धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति संविधानले गरेको समेत सन्देशमा मुख्यमन्त्रीले जनाएका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘दुई शतक अगाडि येशु ख्रीष्टले दिनुभएका सन्देमूलक उपदेश अझै पनि हाम्रा लागि उपयोगी छन् । यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व, एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.