www.tandavnews.com
Fact ~ In search of truth

संस्कृति झल्कने पोशाक लगाउनुस, सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया घुम्न जाने अवसर पाउनुहाेस्

पोखरा,
ताण्डव न्यूज

मानिसले लगाउने पोशाकको चर्चा बेलाबेलामा हुने गर्छ । विशेषत सेलिब्रटीसँग जोडिएर उनीहरुले लगाउने पोशाकको सकरात्मक नकरात्मक दुवै बढी चर्चा हुन्छ । कुनै औचपारिक कार्यक्रममा राम्रो ड्रेस लगाउनेलाई आहा ! कति राम्रो भनेर प्रशंसा गर्नुमात्र सिमित अब राम्रो र सुहाउने पोशाक लगाए बापत विदेश जाने अवसर पनि पाइने भएको छ ।

आई ब्लुजम्यानेजमेन्ट प्रालिले नयाँ नेपाली वर्षको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रममा उपस्थितले उत्कृष्ट पोशाक लगाउनेलाई आयोजकको तर्फबाट यो व्यवस्था गरिएको हो । पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि अवसर प्रदान गरिने छ ।

Batas

कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड (डाक्टर, पाइलट, पुलिस, आर्मी, नर्स, एयरहोस्टेस, खेलाडी पोशाक, एन्जलको रुपमा, जनावरको पोशाक, कार्टुनको पोशाक, चौकीदारको पोशाक, रेड इन्डियन्स,सेन्टा क्लथ, जोकरको रुपमा, विभिन्न देशहरुको पोशाक) लगायत आफूलाई जुन पोशाकमा सहज लाग्छ, सो पोशाकमा उपस्थित हुन पाइनेछ ।

यही पोशाकबाट पुरस्कार जित्न सकिने व्यवस्था गरिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।

चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा अयोजना गरिएको कार्यक्रममा उत्कृष्ट दारी प्रर्दशन गर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरी आइफोन एट प्लस वा सामसुङ एट एज मोबाइल फोन उपहार समेत प्रदान गरिने थापाले बताए ।

‘नेपालीहरुमा पनि नयाँ वर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउनेको साथमा उपहारनै उपहारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘अन्य विभिन्न पुरस्कार समेत प्रदान गर्ने छौ ।’

वेष्ट हेयर स्टाइलिस ५÷५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको (मेनीक्यूर, पेडीक्यूर, हेयर कलरिङ, ड्रेडलक, फेसियल, स्ट्रेट, कर्ली, हेयर कट र मसाज मध्ये एक सेवा) उपलब्ध गराइने, वेष्ट डे«स महिलाहरु मध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ ।

कार्यक्रममा साउण्डको दुनियाँमा ख्यातिप्राप्त आईएसएस साउण्डज् काठमाण्डौंबाट साउण्ड सिष्टमहरु ल्याई राष्ट्रियस्तरका डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँने छन् ।’

दुई चरणमा सम्पन्न हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको छ । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म जसको लागि एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ । दोस्रो चरणको साँझ ७ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।

कार्यक्रममा दुई हजार पाँच सय जना पाहुनाहरुको उपस्थिती रहने आंकलन गरिएको छ । कार्यक्रममा सुरक्षाको लागि प्रहरी प्रशासन सहित आन्तरिकरुपमा पोखरा बुल्सबाट ५० जनाभन्दा बढी बाउन्सरको उपस्थितीमा पूर्णरुपमा सुरक्षाको प्रबन्ध गरिने उनले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.