www.tandavnews.com
Fact ~ In search of truth

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर–२०१८’: झण्डै पाँच सय विद्यार्थीले लिए परामर्श

पोखरा
ताण्डव न्यूज ।

पोखरामा अाज सम्पन्न द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको सेमिनारमा झण्डै पाँच सय विद्यार्थीले निःशुल्क परामर्श लिएका छन् ।

अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि लक्षित गरि दि भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा आयोजना गरिएको ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर–२०१८’ कार्यक्रम मार्फत विद्यार्थीहरुलाई परामर्श सेवा उपलब्ध गराईएको हो ।

Batas

अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई राखेर संवाद गर्न सक्ने भएकाले फेयरले महत्वपूर्ण भूमिका खेलेको द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले बताए ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले काठमाण्डौं, बुटवल र चितवनको सफलता पछि पोखरामा फेयर संचालन गरिएको रिजनल प्रबन्धक शुसिल भट्टराईले जानकारी दिए ।

एजुकेशन फेयरमा अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक यूनिभर्सिटी, सेन्दूल क्विन्सल्यान यूनिभर्सिटी, वलङ्घन यूनिभर्सिटी अफ कलेज, साउथ क्रस यूनिभर्सिटी लगायत ख्याति प्राप्त विश्वविद्यालय तथा १२ भन्दा बढी कलेजका प्रतिनिधिको उपस्थितीमा कार्यक्रम भएको हो ।

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले सन् २००५ मा स्थापना भएर नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया स्थित विश्वविद्यालय एवं कलेजहरुमा गुणस्तरीय शिक्षाको लागि परामर्श प्रदान गर्दै आईरहेको छ ।

द नेक्स्टले अष्ट्रेलियाको सिड्नी र नेपालका प्रमुख सहरहरु काठमाण्डौं, पोखरा, बुटवल, चितवनमा आफ्नो कार्यक्षेत्र विस्तार गरी एजुकेशनल कन्सल्टेन्सीको भीडमा आफूलाई अब्बल सावित गरिसकेको छ । हालसम्म सात हजार भन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाका लागि अष्ट्रेलियासम्मको यात्रा तय गराउँदै सेवा दिईसकेको  कन्सल्टेन्सीले जनायो ।

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको थियो र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् ।

उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरिएका कारण हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गरेको प्रालिले दाबि गरेको छ ।

फेयरको उद्घाटन ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए भने, द नेक्स्टका लागि शाखा प्रबन्धक चितवन र बुटवलबाट पनि सहभागिता रहेको थियो । पोखरामा स्थापनाको छोटो समयमै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल द नेक्स्टले आगामी दिनमा पनि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.