पोखरा,
पोखरा वारियर्स क्लबद्वारा पोखरामा आयोजित अन्तर क्लब कास्केटबल प्रतियोगिताको उपाधि म्याग्दी अन्नपूर्ण गाउँपालिकाको हिस्तान क्लबले पाएको छ ।
शनिबार सम्पन्न फाइनलमा हिस्तानले पुरुष तर्फको फाइनलमा अन्नपूर्ण गाउँपालिकको दर्मिजा संग ५८–४६ को स्कोरमा पराजित गर्दै उपाधी पाएको हो । उपाधी संगै हिस्तानले नगद ४० हजार समेत प्राप्त ग¥यो ।

उपबिजेता बन्दै दर्मिजाले नगद २५ हजार प्राप्त गरेको छ । यसै गरि महिला तर्फको फाइनल खेलमा एक्स मनकामना टिमले कर्पाकेली पुन क्लब रामबजारलाई ३५–२८ को स्कोरमा पराजित गर्न सफल भयो । एक्स मनकामना पोखराले नगद १० हजार र उपबिजेता कर्पाकेलीले ५ हजार नगद प्राप्त ग¥यो ।
प्रतियोगितामा पुरुष तर्फ हिस्तानका युबराज पुनले मष्ट भेलुयेबल प्लेयरको उपाधी पाए भने दर्मिजाका डेभिड पुनले हाइ स्कोररको उपाधी पाए । उनले प्रतियेगितामा २१ अंक आफ्नो खातामा लेखाउन सफल रहेका थिए ।
यसै गरि महिला तर्फ एक्स मनकामनाकी बिनिता पुनले मष्ट भेलुयेबल प्लेयरको उपाधी र लिस्नी पुनले हाइस्कोरर उपाधि पाउन सफल रहिन् ।
वारियर्स क्लब, अमरसिंह पोखराको आयोजनामा भएको समापन कार्यक्रममा बास्केटबल बिजेताहरुलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङ, कर्पाकेली पुन युबा क्लका अध्यक्ष रमेश पुन लगाएतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
चैत १ गते देखि सञ्चालन भएको प्रतियोगितामा पुरुष तर्फ २३ र महिला तर्फ ५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा काठमाडौ, धरान, म्याग्दी, कास्की लगाएतका जिल्लाका क्लबहरुले सहभागिता जनाएका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.