www.tandavnews.com
Fact ~ In search of truth

रुपातालको किनारमा ‘सिस्टेनी मेला’

पोखरा,
ताण्डव न्यूज ।

शान्ति रुपमा बराहथोक तमु युवा परिवारले ‘सिस्टेनी मेला’ को आयोजना गरेको छ । रुपाताल खोलाको छेउमा पहिलेदेखि लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १० गतेदेखि १३ गतेसम्म हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

मेलाको ‘खुला जुनियर पुरुष भलिबल’ प्रतियोगिता पहिलो आकर्षण रहेको शान्ति रुपमा बराहथोक तमु युवा परिवारका सविच सुनिल गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट २० टिम सहभागी हुने उनले जनाए ।

Batas

प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेतालाई ४० हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ, अनुशासित टिमलाई ३ हजार रुपैयाँ, जर्सी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सचिव गुरुङले जानकारी दिए । मेला सम्पन्न गर्नको लागि २ लाख ४ हजार ५ सय खर्च हुने र २ लाख ५० हजार आम्दानी हुने जनाइएको छ ।

मेलामा छेलो हान्ने, रस्सी तान्ने प्रतियोगिता हुने गुरुङले बताए । मेलाबाट पुरानो मेलालाई जगेर्ना गर्दै रुपाताल संरक्षण गर्ने उद्देश्य लिइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.