www.tandavnews.com
Fact ~ In search of truth

महिला उद्यमशीलता बढाउन पोखरा १३मा दालमोठ उद्योग संचालन

पोखरा
ताण्डव न्यूज ।

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले महालक्ष्मी दालमोठ संचालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिका– १३ को अनुदान रकम र दिदी बहिनी समूहको संयुक्त प्रयासमा उद्योग संचालनमा ल्याइएको हो ।

वडा नम्बर– १३ को पाँच लाख रुपैयाँ अनुदान रकम र दिदी बहिनीको पाँच लाख गरी दश लाख कुल रकमको लागतमा उद्योग संचालनमा आएको हो ।

Batas

दालमोठ उद्योगको मंगलरबार उद्घाटन गर्दै महानगरका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको प्रथम नगर परिषद्बाट पारित स्वाभलम्बन कार्यक्रम अन्तर्गत उद्योगले मूर्त रुप पाएको बताए ।

शुद्ध र गुणस्तरीय वस्तु उत्पादन गरी दालमोठ उद्योगले नमूना काम गर्ने मेयर जिसीले विश्वास व्यक्त गरे ।

उद्योगबाट उत्पादित वस्तुहरु वडा नम्बर १३ मा र महानगर भित्र खपत हुने गरी बजार विस्तार गर्न वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष दर्शन लामाले प्रतिबद्धता व्यक्त गरे ।

‘देशको अर्थतन्त्र मजबुद बनाउन सर्वप्रथम स्थानीय स्तरमा उत्पादनका क्षेत्र पर्याप्त खोलिनुपर्दछ,’ उनले भने, ‘स्वालम्बन कार्यक्रम मार्फत चुलो चौको मै सिमीत दिदीबहिनीहरुलाई उद्यमी बन्ने अवसर प्राप्त भएको छ ।’

वडा नम्बर–१३, स्थित नवदुर्गाटोलमा आठ आना जग्गा भाडामा लिई संचालनमा आएको उक्त उद्योगमा १५ जना दिदीबहिनीहरुले प्रत्यक्ष रोजगारी पाउने छन् ।

उद्योगबाट भुजिया, चिउरा, आलुचिप्स, केराउ, चना, निमकिन, ढुम्री खाद्यवस्तुहरु उत्पादन गर्ने जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.